कीवर्डहरू -

आइएमई पेबाटै अब एसआईपी भुक्त्तानी गर्न सकिने

आइएमई पेबाटै अब एसआईपी भुक्त्तानी गर्न सकिने

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेमार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो व्यवस्थित लगानी योजना (एसआईपी) को रकम  भुक्तानी गर्न सक्ने भएका छन् ।

एसआईपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो।

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डायनामिक डेब्ट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको  SIP Installment  तथा Unit Purchase को भुक्तानी गर्न सक्नेछन्  ।

पछिल्लो केही समय यता पुँजी बजारमा एसआईपी  लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै  आइएमई पेले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मीले बताए ।