कीवर्डहरू -

सीजीनेटको अफर : ‘ह्याट्रिक दक्षिणा’, तीन गुणा गति

सीजीनेटको अफर : ‘ह्याट्रिक दक्षिणा’, तीन गुणा गति

इन्टरनेट सेवा प्रदायक सिजी कम्युनिकेशन्सले सिजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवासँग सहकार्य गर्दै आफ्नो दशैँ क्याम्पेन ‘ह्याट्रिक दक्षिणा’ सार्वजनिक गरेको छ ।

क्रिकेट विश्वकप समेतलाई दृष्टिगत गर्दै यो अफर ल्याइएको कम्पनीको भनाइ छ । ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई विभिन्न फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाई छ । सिजी डिजिटल र सीजीनेट विचको सहकार्य मार्फत यस योजना अन्तर्गत उपभोक्ताले पहिले कै मूल्यमा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै योजना अन्तर्गत उपलब्ध गरिएका  विभिन्न कम्बो छुटको लाभ लिँदै रु. ३२,८५९ पर्ने ४३ ईञ्चको सिजी स्मार्ट टीभीका साथमा ३ महिनाका लागि सीजीनेट+आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन् । यो वास्तविक मूल्यको आधा भएको जनाइएको छ ।  त्यसैगरी ३२ ईञ्चको सिजी स्मार्ट टीभी, रु. २२६४४मा खरिद गर्दा ३ महिनाका लागि सीजीनेट+ आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्नेछन् ।

सिजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफर अन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको ईन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् । साथै उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा रु. ५ सय सम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

सीजीनेटले भरखरै आफ्ना सेवाहरु पोखरा, बिराटनगर, ईटहरी, धरान र बीरगंज लगायत प्रमुख सहरमा बिस्तारित गरेको छ ।