कीवर्डहरू -

स्टाटसमा क्लिक नगरेरै ह्वाट्सएपमा स्टोरी हेर्न तरिका

स्टाटसमा क्लिक नगरेरै ह्वाट्सएपमा स्टोरी हेर्न तरिका

ह्वाट्सएप करिब २ अर्ब सक्रिय प्रयोगकर्ता भएको सबैभन्दा लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एपहरू मध्ये एक हो । कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै धेरै नयाँ सुविधाहरू प्रस्तुत गर्दै आएको छ ।

ह्वाट्सएप स्टेटस फिचर इन्स्टाग्राम र फेसबुक जस्तै हो र यसले तपाईंलाई टेक्स्ट, फोटो, भिडियो र जीआइएफ अपडेटहरू सेयर गर्न अनुमति दिन्छ, जुन २४ घण्टा पछि गायब हुन्छ । आज हामी तपाईलाई स्टाटसमा क्लिक नगरेरै कसैको ह्वाट्सएप स्टोरी हेर्ने तरिका जानकारी दिदैछौं ।

सुरूमा रिड रिसिप्ट्स फिचर बन्द गर्नुहोस् । यो फिचर बन्द गर्नाले तपाईंको च्याटमा निलो टिकहरू मात्र रोकिने छैन तर तपाईं कसैको स्टाटस पनि हेर्न सक्षम हुनुहुनेछ । यद्यपि, रिड रिसिप्ट बन्द गरेपछि, तपाईंले आफ्नो ह्वाट्सएप स्टाटस भ्यूज हेर्न सक्नु हुने छैन् ।

यसका लागि तपाईले आफ्नो फोनमा व्ह खोल्नु पर्छ र माथिल्लो दायाँ कुनामा रहेको थ्री-डट मेनुमा ट्याप गरेर सेटिङ्स विकल्पमा जानुपर्छ । अब तपाईले अकाउन्टमा क्लिक गरी प्राइभेसीमा टाइप गर्नुपर्नेछ । अनि रिड रिसिप्टको लागि टगल खोल्नु पर्छ ।

प्राइभेट मोड अन गर्नुहोस्

सबैभन्दा पहिले, ह्वाट्सएप खोल्नुहोस् र स्टाटस अपडेट हुन दिनुहोस् । अब आफ्नो फोनमा वाइफाइ वा मोबाइल डाटा बन्द गर्नुहोस् र तपाईंले हेर्न चाहनु भएको स्टोरी खोल्नुहोस् । यदि तपाई ह्वाट्सएप डेस्कटप प्रयोग गर्दै हुनुहुन्छ भने, प्राइभेट मोडमा स्विच गर्नुहोस् र वेबको लागि तपाइँको ह्वाट्सएप खोल्नुहोस् ।

फाइल प्रबन्धक प्रयोग गर्नुहोस्

एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि ह्वाट्सए स्टोरी हेर्नका लागि अर्को तरिका छ । तपाईंले ह्वाट्सएप फोल्डरमा सेभ गरिएका सबै ह्वाट्सएप मिडिया पहुँच गर्न सक्नुहुन्छ ।

यसका लागि फाइल म्यानेजरमा गएर इन्टर्नल स्टोरेजमा जानुपर्छ र ह्वाट्सएपमा गएर मिडिया खोल्नुहोस् । अब ’स्टेटस’ नामक फोल्डर खोल्नुहोस । यस फोल्डरमा तपाईले ह्वाट्सएपमा सम्पर्कहरूद्वारा सेयर गरिएका छविहरू वा भिडियोहरू हेर्न सक्षम हुनुहुनेछ ।