कीवर्डहरू -

एन्ड्रोइड फोनबाट डिलिट गरेको एप पुनः कसरी इन्स्टल गर्ने ? 

एन्ड्रोइड फोनबाट डिलिट गरेको एप पुनः कसरी इन्स्टल गर्ने ? 

प्रविधिको विकास र विस्तारसँग धेरै हात हातमा स्मार्टफोन पुगेको छ । चलचित्र हेर्नेदेखि गेम खेल्नेसम्मको काम स्मार्टफोनबाटै गर्ने गरेका छौं ।

स्मार्टफोनमा विभिन्न सेवाहरू लिन हामीले एप डाउनलोड गर्ने गर्छौं । कहिले काँही मोबाइलमा धेरै एप हुन्छन् । त्यस्तो अवस्थामा अनाश्यक एप डिलिट गर्दा चाहिने एप समेत डिलिट भएको हुन्छ । तर हामीलाई कुन एप डिलिट भयो भनेर थाहा हुँदैन् ।

यस्तो अवस्थामा फोनबाट कुनै एप डिलिट भयो भने धेरै चिन्ता लिनु पर्दैन । आफ्नो फोनबाट डिलिट भएको एप कुन हो र कसरी इन्स्टल गर्ने बारे जानकारी दिदैछौं ।

एन्ड्रोइडबाट हटेको एप कसरी रिकभर गर्ने ?

सर्वप्रथम आफ्नो एन्ड्रोइड स्मार्टफोनमा रहेको गुगल प्ले स्टोर खोल्नुहोस् । अब माथिल्लो दायाँ कुनामा रहेको गोलाकार आइकनमा ट्याप गरेर आफ्नो प्रोफाइल खोल्नुहोस् । अनि म्यानेज एप एण्ड डिभाइसमा ट्याप गर्नुहोस् ।

यतिगरेपछि प्रिभ्यू पछि, म्यानेजमा ट्याप गर्नुहोस् । त्यसपछि ‘इन्स्ट्ल्ड’ विकल्पमा ट्याप गर्नुहोस् र यसलाई ‘नटइन्स्ट्ल्ड’ मा स्विच गर्नुहोस् । अब, तपाईंले पुनः इन्स्टल गर्न चाहनुहुने सबै एपहरू चयन गर्नुहोस् । यो तरिकाले तपाइई एन्ड्रोइडमा हटेको एपहरू सजिलै डाउनलोड गर्न सक्नुहुन्छ ।

एप अनइन्स्टल गर्नुअघि यी कुराहरू गर्नुहोस्

एप अनइन्स्टल गर्नु अघि, तपाईंले एपबाट लग आउट गर्नु महत्त्वपूर्ण छ । यसपछि एपलाई दिइएका सबै अनुमति, क्यास डाटा, लोकेशन, कन्ट्याक्ट, मिडिया फाइल, माइक्रोफोनको जानकारी हटाउनु आवश्यक हुन्छ । यसका लागि तपाईंले फोनको सेटिङमा गएर एप चयन गरेर यो महत्त्वपूर्ण डाटा हटाउन सक्नुहुन्छ ।

यदि तपाईंले फोनबाट कुनै एप अनइन्स्टल गर्नुभयो र अनुमतिहरू मेटाउन बिर्सनुभयो भने, चिन्ता लिनु पर्दैन् । एप अनइन्स्टल गरेपछि पनि एप अनुमतिहरू हटाउन सकिन्छ ।