कीवर्डहरू -

आईएमई पेको दशैं तिहार अफर, बम्परमा ८ जनालाई ५० हजार बराबरको शपिङ सुविधा

आईएमई पेको दशैं तिहार अफर, बम्परमा ८ जनालाई ५० हजार बराबरको शपिङ सुविधा

नेपालको पहिलो डिजिटल वालेट  ‘आइएमई पेले ले आउदै गरेको  राष्ट्रिय चाड दशैं , तिहार तथा  छठलाई लक्षित गर्दै 'आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको  छ।

असोज १४ गते  देखि सुरू भई मङसिर ३ गते सम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले  बिभिन्न कारोबारको लागि क्यासब्याकको  प्रोमो कोड प्राप्त  गर्न सक्नेछन् ।

त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलकोगिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् भने अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५०,००० बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्।

यससंगै आइएमई पेमार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका  सीइओ प्रविन रेग्मीले बताए ।

यस अफर सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेब पेज मा उपलब्ध हुनेछ ।