कीवर्डहरू -

विश्वको सबैभन्दा महत्वपूर्ण ब्रान्डको सूचीको ब्रान्डजेड र्याङकिङमा ह्वावे माथि उक्लियो

विश्वको सबैभन्दा महत्वपूर्ण ब्रान्डको सूचीको ब्रान्डजेड र्याङकिङमा ह्वावे माथि उक्लियो

काठमाण्डौ। ह्वावले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु बढाएको छ ।

डब्लुपीपीको रिसर्च आर्म क्यान्टरले प्रकाशन गरेको ब्रान्डजेडको वार्षिक सबैभन्दा बढी महत्त्वपूर्ण ग्लोबर ब्रान्डस् स्टडीमा ह्वावे गत वर्षभन्दा एक स्थानमाथि उक्लिदैँ ४७औँ स्थानमा पुगेको छ । साथै ब्रान्ड भ्यालुमा पनि ८ प्रतिशतले वृद्धि भएको छ ।

ह्वावे पी ३० स्मार्टफोनको अत्यधुनिक क्यामरा प्रणाली तथा फाइभ जी क्षमता र फोल्डेबल डिजाइन भएको अभूतपूर्व प्राविधिक नवीनताजडित ह्वावे मेट एक्स ह्यान्डसेट संचारक्षेत्र र ग्राहकहरू माझ लोकप्रिय छ ।

साथै सबैभन्दा राम्रो प्रोडक्ट रिभ्युहरू, अनगिन्ती पुरस्कारहरू र सफलता पाएको छ र यो ह्वावेको बढ्दो बिक्रीबाट पनि झल्किन्छ।

एउटा अग्रणी विश्लेषक कम्पनी आइडीसीले हालैको विश्वव्यापी मोबाइल डिभाइस ट्र्याकरमा ह्वावको आपूर्तिमा वर्षै पिच्छे ५० प्रतिशतले भन्दा बढी वृद्धि भएको विषयलाई जोड दिएको छ ।

मोबाइलफोनहरूको दुनियाँमा ह्वावे कम्पनीले आफ्नो स्थानलाई बलियो बनाउँदै व्यापारिक कोणबाट सामसाङसँगको दूरी कम गर्दै विश्वव्यापी रूपमा सबैभन्दा दोस्रो धेरै बिक्री हुने मोबाइलका रूपमा स्थान सुदृढ बनाएको छ ।

आइडीसीका अनुसार ह्वावेले स्मार्टफोनको वर्गतर्फ विश्वव्यापी बजार सेयरको १९ प्रतिशत ओगट्दछ र सन् २०१९ को पहिलो तीन महिनाको अवधिमा आपूर्तिमा वृद्धि हुँदै र्याङकिङको सबैभन्दा शीर्ष स्थानमा रहन सफल एकमात्र स्मार्टफोन भेन्डर बन्यो।

ह्वावेको सफलताले विश्वव्यापी अर्थतन्त्रमा चिनियाँ ब्रान्डहरूको बढ्दो सफलतालाई उजागर गर्दछ । ब्रान्डजेडको प्रतिवेदन स्थान पाएका ९ वटा नवप्रवेशीहरूमध्ये चारवटा कम्पनीहरू चीनमा आधारित रहेका छन् भने उत्कृष्ट १०० भित्र परेकामध्ये १५ वटा चिनियाँ कम्पनीहरू रहेका छन् ।

भविष्यका बारेमा बताउँदा समाज र ग्राहकहरूलाई फाइदा पु¥याउने प्रविधिहरूको विकास गर्ने ह्वावेको प्रतिबद्धताले ह्वावेको प्रतिष्ठा बढाउने र विश्वव्यापी ग्राहकहरुमाझ सबैभन्दा अगाडि उभिने पक्का देखिएको छ ।

जस्तै कि ह्वावेको एआई फर गुड अभियानले आर्टि्भिसल इन्टेलिजन्स कसरी परिवर्तनकारी प्रविधि बनी चुनौतीहरू चिर्न र जीवन बचाउने सम्भावनाहरू बढाउन मानव जगतलाई सघाउँछ भन्ने पुष्टि गर्छ ।

हालैका कार्यहरूमा श्रवणक्षमता नभएका बालबालिकाका लागि किताबहरू अनुवाद गर्ने, दृष्टिबिहीनका लागि अनुहारका भावहरू पढ्ने र पहिलो चरणमै रहेको र उपचार गरेर निको हुन सक्ने दृष्टिसम्बन्धी समस्याहरूको पनि पहिचान गर्दछ ।