कीवर्डहरू -

धितोपत्र बोर्डले ल्यायो च्याटबट सेवा, लगानीकर्ताले आफ्ना जिज्ञासा सोध्न पाउने 

धितोपत्र बोर्डले ल्यायो च्याटबट सेवा, लगानीकर्ताले आफ्ना जिज्ञासा सोध्न पाउने 

नेपाल धितोपत्र बोर्डले लगानीकर्ता गुनासो अब च्याटबटबाटै सुन्ने भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले च्याटबट सार्वजनिक गरेका हुन् ।
वर्ल्ड इन्भेष्टर विक २०२३ को अवसरमा बोर्डले च्याटबट सेवाको सुरूवात गरेको हो ।

धितोपत्र बोर्डको वेबसाइटमा गएर च्याटबट प्रयोग गर्न सकिने छ । अहिले च्याटबटमा अंग्रेजीमा मात्रै जिज्ञासा सोध्न सकिने छ ।

विस्तारै नेपाली भाषामा पनि जिज्ञासा सोध्न सकिने सुविधा ल्याउने बोर्डले जनाएको छ ।