कीवर्डहरू -

एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया डेटा प्याकबाट अब इन्स्टाग्राम पनि चलाउन पाइने

एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया डेटा प्याकबाट अब इन्स्टाग्राम पनि चलाउन पाइने

एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ । यो प्याक संचालनमा आएसँगै अब एनसेलका ग्राहकले कर सहित मात्र रु १०० मा आफु जहाँ भएपनि लामो समयासीमा सहित मोबाइल डेटाको फाइदा लिन सक्छन् ।

यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ । ग्राहकहरूले *१७१२३# डायल गरि प्राप्त जानकारी अनुसार यो प्याक सुचारु गर्न सक्छन् ।

यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ । ग्राहकले अब कर सहित मात्र रु १९१ मा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन् । ग्राहकले *१७१२३*5*6# डायल गरेर यो प्याक लिन सक्छन् ।

त्यस्तै, कर सहित रु. ४५९ मा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जीबी डेटा लिन सक्छन् । यस बाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक  *१७१२३*5*7# डायल गरेर लिन सकिन्छ ।

अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रहि सधैैं सम्पर्कमा बसि रहन ठूलो भूमिका खेल्ने एनसेलले बताएको छ ।