कीवर्डहरू -

कोरोना खोप बनाउने प्रविधि विकास गर्ने दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

कोरोना खोप बनाउने प्रविधि विकास गर्ने दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार
CREDIT: PEGGY PETERSON/AFP

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरूद्धको खोप बनाउने प्रविधि विकास गर्ने दुई जना वैज्ञानिकलाई प्रदान गरिएको छ ।

कोरोना भाइरसविरूद्धको एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकास गर्ने वैज्ञानिक डा. क्याटलिन कारिको र डा. ड्रु भाइस्मानलाई यो वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो ।

पुरस्कार विजेताहरूले आधुनिक समयमा मानवस्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिएको नोबेल पुरस्कार समितिले बताएको छ ।

कोभिड महामारी फैलिनुअघि एमआरएनए प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो । तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गर्न यो प्रविधिले प्रयोग गरिएको थियो ।

कोरोना संक्रमणलाई रोक्न फाइजर, बायोटेक लगायत कम्पनीले एमआरएनए प्रविधिमा आधारित खोप बनाएका थिए । सो खोपले विश्वभरका लाखौं मानिसको ज्यान जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । दुई विजेताले स्वर्ण पदक र संयुक्त रूपमा १० लाख अमेरिकी डलर पुरस्कार पाउने छन् ।