कीवर्डहरू -

कारोबार एपको दशैं तिहार अफर, प्रिमियम सब्सक्रिप्सन खरिदमा ३० प्रतिशत छुट

कारोबार एपको दशैं तिहार अफर, प्रिमियम सब्सक्रिप्सन खरिदमा ३० प्रतिशत छुट

अकाउन्टिङ सफ्टवेयर कारोबारले दशैं, तिहारको अवसरमा नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत कारोबारको प्रिमियम सब्सक्रिप्सन खरिद गर्दा ३० प्रतिशत छुट पाइने छ ।

अफर अनुसार कारोबार प्लस एक वर्षको १ हजार ८२० रूपैयाँमा खरिद गर्न सकिने छ भने कारोबार प्रोको सब्सक्रिप्सन ३ हजार ७१० रूपैयाँमा खरिद गर्न सकिने छ ।

कारोबार प्लसमा मल्टी युजर सपोर्ट, बिलको फोटो अपलोड, एप लक, इनभ्वाइस कस्टुमाइजेसन, कारोबारको ब्रान्डिङलाई हाइड गर्न सकिने छ ।

यस्तै कारोबार प्रोमा डेक्स्टप वेब भर्सन, मल्टी युजर सपोर्ट, बिलको फोटो अपलोड, एप लक, इनभ्वाइस कस्टुमाइजेसन र प्रिमियम ग्रिटिङ कार्डको सुविधा रहेको छ ।

\"\"