एक वर्षमा भारतको बैंकिंग तथा वित्तीय क्षेत्रमा १७ हजार बढी साइबर आक्रमण भएको छ । भारतको कम्प्यूटर इमरजेन्सी रेस्पोन्स टिम (सिइआरटी इन) को रिपोर्ट अनुसार सन् २०२२ मा भारतको बैंकिंग तथा वित्तीय क्षेत्रमा १७ हजार बढि साइबर आक्रमण भएका हो ।
साइबर आक्रमण धेरै भएता पनि अरु सार्क देशहरुको तुलनामा भारतको साइबर सुरक्षा अवस्था राम्रोनै रहेको छ । म्यासाचुटेस इन्स्ट्यिुट अफ टेक्नोलोजी (एमआइटी) को रिभ्यू साइभरडिभेन्स इन्डेक्समा भारत २० ओटा देश मध्य १७ औँ स्थानमा सबै भन्दा बढि साइबर आक्रमणका लागि लक्षित देशमा परेको छ ।
भारत धेरै शक्तिशाली देशनै रहेता पनि साइबर सुुरक्षामा अझै चीन र ब्राजिल भन्दा पछि नै रहेको छ । बिटूबीइन्फो मिडियासँग रिसेक्युरीटी सार्कका व्यापार प्रमुख राजन पन्तले दिएको अन्तर्वातामा अन्य सार्क मूलुकको तुलनामा भारतमा साइबर आक्रमण बढिरहेको बताएका छन् ।
नेपालमा अरु सुार्क मुलूकको तुलनामा कम साइबर आक्रमणमा परिरहेको बताएका छन् । तर नेपालमा साइबर अपराध र अनलाइन ठगी भने एकदमै तिव्र गतिले भइरहेको उनको भनाइ रहेको थियो । उनले आशावादी हुँदै नेपाल सरकारले साइबर सुुरक्षा पूर्वाधार विकास गर्नका लागि काम गरिरहेको भने बताएका छन् ।