कीवर्डहरू -

गूगल प्ले स्टोरबाट एप इन्स्टल भएन ? यसो गर्नुस्

गूगल प्ले स्टोरबाट एप इन्स्टल भएन ? यसो गर्नुस्

गुगल प्ले स्टोर एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि मनपर्ने एप तथा खेलहरू डाउनलोड र इन्स्टल गर्न सजिलो स्रोत हो । धेरै पटक प्रयोगकर्ताहरूले प्ले स्टोरबाट एप डाउनलोड गर्न अप्ठ्यारो भईरहेको हुन्छ ।

यदि तपाईसँग पनि यस्तो भइरहेको छ भने अब चिन्ता लिनु पर्दैन । हामी तपाईलाई ४ उपाय बताउन गइरहेका छौं, जसको मद्दतले तपाई यसलाई ठीक गर्न सक्नुहुन्छ ।

स्टोरेज उपलब्ध नभएर

धेरै पटक हामी एप इन्स्टल गर्नु अघि हाम्रो फोनको भण्डारण जाँच गरिरहेको हुँदैनौं । यदि तपाईको फोनमा एप इन्स्टल भइरहेको छैन भने, पहिले फोनको भण्डारण जाँच गर्नुहोस् । आफ्नो फोनबाट अनावश्यक एपहरू हटाउनुहोस् । यदि त्यहा केही महत्त्वपूर्ण फोटो वा भिडियो छ भने, तपाई यसलाई एसडी कार्डमा ट्रान्सफर गर्न सक्नुहुन्छ ।

नेटवर्क जडानमा समस्या

धेरै पटक इन्टरनेटको ढिलो कनेक्सनका कारण फोनमा एप इन्स्टल हुँदैन् । यदि तपाईको इन्टरनेटले काम गरिरहेको छैन् भने तपाईको फोनलाई वाइफाइमा जडान गरेर फेरि डाउनलोड गर्ने प्रयास गर्नुहोस् । यदि एप अझै पनि इन्स्टल भइरहेको छैन भने तपाईले आफ्नो फोन रिसेट गर्न सक्नुहुन्छ ।

क्यास डाटा खाली गर्नुहोस्

धेरै पटक प्ले स्टोर एपमा क्यास र डाटा डाउनलोड धेरै भएको हुन सक्छ । एपमा भण्डारण गरिएको क्यास डाटा खाली गर्नका लागि सेटिंगमा गएर एप्समा जानुपर्छ । यसपछि गुगल प्ले स्टोरमा गएर स्टोरेजमा जानुहोस् र त्यसपछि क्यास डाटा खाली गर्नुहोस् । यसले प्रायः डाउनलोड सम्बन्धित समस्याहरू समाधान गर्नेछ ।

प्ले स्टोर एप अपडेट गर्नुहोस्

अन्य एप्स जस्तै प्ले स्टोर पनि एउटा एप हो र गुगलले यसलाई समय समयमा अपडेट गरिरहन्छ । प्लेस्टोर एपहरूको पुरानो संस्करणहरूले समस्या निम्त्याउन सक्छ, जसले गर्दा डाउनलोड असफल हुन्छन् । त्यसैले, सबै भन्दा पहिले आफ्नो प्ले स्टोर अपडेट गर्नुहोस् ।