कीवर्डहरू -

सूचना प्रविधि उद्योगमा अब ५० करोडसम्म विदेशी लगानी, न्युनतम सीमा लागु नहुने

सूचना प्रविधि उद्योगमा अब ५० करोडसम्म विदेशी लगानी, न्युनतम सीमा लागु नहुने

सूचना प्रविधिमा आधारित उद्योगमा अब विदेशी लगानीकर्ताले स्वचालित रूप (अटोमेटिक रूट) मा ५० करोडसम्म लगानी गर्न सक्ने भएका छन ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा विदेशी लगानीको माथिल्लो सीमा ५० करोड रूपैयाँ तोकेको हो ।

सूचना प्रविधिमा आधारित टेक्नोलोजी पार्क, आईटी पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्यांक प्रशोधन, डिजिटल म्यापिङ, बिजनेस प्रोसेस आउटसोर्सिङ, नलेज प्रोसेस आउटसोर्सिङ, डाटा सेन्टर, डाटा माइनिङ, क्लाउड कम्प्युटिङ, वेब पोर्टल र वेब डिजाइन सेवा लगायतका क्षेत्रमा लगानी गर्न सकिने छ ।

तर सूचना प्रविधिमा आधारित उद्योगमा स्वचालित मार्गबाट विदेशी लगानीको स्वीकृति गर्दा लगानीको न्यूनतम सीमा लागु नहुने व्यवस्था समेत गरेको छ ।

सूचना प्रविधिमा आधारित उद्योगसहित उर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सेवामूलक उद्योग र उत्पादनमूलक उद्योग विदेशी लगानीकर्ताले सिधैं ५० करोडसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार राजपत्रमा नयाँ सीमा र उद्योगका क्षेत्र तोकेको हो ।