कीवर्डहरू -

दराज मोबाइल वीकमा कार्ड बाट पेमेन्ट गर्दा २५ प्रतिशत सम्म छुट

दराज मोबाइल वीकमा कार्ड बाट पेमेन्ट गर्दा २५ प्रतिशत सम्म छुट

काठमाडौं। दराज डटकमले २४ जुन देखी ३० जुन सम्म मोबाईल वीक सुरु गर्ने भएको छ। यसमा ग्राहकले  फोन, ल्यापटप, टिभी, एक्सेसरिस, तथा अन्य ग्याजेटहरुमा छुट पाउने छन।

यो अभियानमा सिद्धार्थ बैंक, एनआइसी एशिया, एनआईबिएल, सानिमा,  स्ट्यान्डर्ड चार्टड, बैंक अफ काडमाण्डूका कार्डबाट पेमेन्ट गर्दा ५ देखि २५ प्रतिशतसम्म छुट पाउन सकिने छ।

बैंकहरुको कार्ड भएका तर अनलाईन पेमेन्ट सेवा सुचार नभएका ग्राहकले आफ्नो बैंकसँग सम्पर्क गरी सेवा सुरु गर्नसक्ने छन।  ग्राहकले मोबाईल वीकमा सपिङ गरेबापत आइ फोन एक्सआर जित्ने मौका पाउनेछन।

दराज मोबाइल वीक १ हप्ता सम्म सञ्चालन हुनेछ।