कीवर्डहरू -

अब जीमेलमा पनि इमोजी रियाक्सन पठाउन सकिने

अब जीमेलमा पनि इमोजी रियाक्सन पठाउन सकिने

जीमेलबाट इमेल पठाउँदा अब इमोजी रियाक्सन समेत पठाउन सकिने भएको छ । जीमलेको एन्ड्रोइड एपमा प्रयोगकर्ताहरूलाई यो फिचर रोलआउट गर्न सुरू भएको छ ।

विस्तारै आईओएस र वेबमा समेत यो सुविधा आउने छ । यस फिचरले आफुलाई सहजै अभिव्यक्त गर्न र द्रुत प्रतिक्रिया दिन मद्दत गर्ने जनाइएको छ ।

यो फिचर उपलब्ध भएपछि आफ्नो इमेल खोल्दा तल जेनरल अप्सन संग एड इमोजी रियाक्सन बटन देख्न सकिने छ । तीन डट मेनुको छेउमा यो बटन देख्नुहुन्छ । तपाई जब यसलाई ट्याप गर्नुहुन्छ, एउटा सानो मेनु खुल्छ, जहाँ प्रयोगकर्ताहरूले पाँच पूर्वनिर्धारित इमोजीहरू मध्ये एउटा छनौट गर्न सक्छन् । यसो गरेपछि, त्यो इमोजी सन्देशको प्रतिक्रिया पट्टीमा देखा पर्दछ ।

कसले इमोजी पठायो कसरी थाहा पाउने ?

इमोजी कसले पठाएको छ भनेर थाहा पाउन सुरूमा इमोजी रियाक्समा क्लिक गर्नुपर्छ । यसो गर्दा प्रेषकको नाम तपाईले देख्नुहुनेछ । यति मात्र होइन, तपाईले इमोजी पठाएको ३० सेकेन्डभित्र डिलिट वा अपडेट गर्न सक्नुहुन्छ ।

पठाएको इमोजी रियाक्सन हटाउन सन्देशको तल सूचनामा अन्डू ट्याप गर्नुपर्नेछ । तपाईंले आफ्नो कम्प्युटरमा मात्र अन्डू पठाउने अवधि परिवर्तन गर्न सक्नुहुन्छ ।