कीवर्डहरू -

सातै प्रदेशका स्टार्टअप तथा आईडियाका लागि आयोजना गरिएको दुई दिने बुटक्याम्प सम्पन्न 

सातै प्रदेशका स्टार्टअप तथा आईडियाका लागि आयोजना गरिएको दुई दिने बुटक्याम्प सम्पन्न 

सातै प्रदेशका स्टार्टअप तथा आईसीटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार इन्नोभेसन र १४ प्रडक्टहरूका लागि आयोजना गरिएको दुई दिने बुटक्याम्प सम्पन्न भएको छ ।

किंग्स कलेजसँगको सहकार्यमा लिभिङ विथ आईसीटीले मंगलबार र बुधबार आयोजना गरेको उक्त बुटक्याम्पमा ५० बढी स्टार्टअप तथा आईडियाहरू सहभागी भएका थिए ।

बुटक्याम्पमा मार्केटिङ, ब्राण्डिङ, कम्पनी दर्ता, बजार अध्ययन, इक्विटी, कस्टुमर एक्विजेसन लगायत स्टार्टअप तथा आईडियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा विविध कुराहरू सिकाइएको थियो ।

यसका साथै बुटक्याम्पमा सहभागी भएकाहरू बिहीबार उद्योगको भ्रमणमा समेत जाँदै छन् । भ्रमणबाट कम्पनी कसरी सञ्चालन हुन्छ ? के के कुरा आवश्यक पर्छन् ? लगायत बारे ज्ञान पाउने आयोजकको विश्वास छ ।