कीवर्डहरू -

अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू

अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू

अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू भएको छ । बिहीबार बिहान पानीको पाइपलाइन जडान गर्ने क्रममा ढल्केबर देखि निजगढ जोड्ने अप्टिकल फाइबर बर्दिबास नजिकै काटिएपछि सेवा अवरूद्ध भएको थियो ।

प्राविधिक टोलीको कडा प्रयास पछि छोटो अवधिमा सेवा सुचारू गर्न सफल भएको एनसेलले जनाएको छ । मर्मतसम्भार पश्चात सम्पुर्ण अवरुद्ध सेवाहरु (भ्वाइस, डेटा, एसएमएस) सुचारु भएका छन् ।

यस परिस्थितिले सेवामा पर्न गएको असुविधाका लागि एनसेलले क्षमा समेत मागेको छ । अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन समेत एनसेल सबैलाई अनुरोध गरेको छ ।