कीवर्डहरू -

गूगल पिक्सेल ८ र पिक्सेल ८ प्रो सार्वजनिक, यस्ता छन् फिचर

गूगल पिक्सेल ८ र पिक्सेल ८ प्रो सार्वजनिक, यस्ता छन् फिचर

गुगलको मेगा इभेन्ट मेड बाइ गुगल इभेन्ट २०२३ मा गुगल पिक्सेल ८ र पिक्सेल ८ प्रो सार्वजनिक भएको छ ।  गूगलले पिक्सेल ८ टेन्सर जी ३ चिपसेटसहित प्रस्तुत गरेको छ । पिक्सेल ८ मा ६.२ इन्चको एफएडी प्लस ओएलइडी डिस्प्ले छ । फोनमा १२० हर्ट्ज रिफ्रेस रेट र २,००० निट्स पीक ब्राइटनेस छ ।

गुगल पिक्सेल ८ फोन ८ जीबी र्याम तथा १२८ जीबी र २५६ जीबी भेरियन्टमा उपलब्ध छ । पिक्सेल ८ ५० मेगापिक्सेल मुख्य क्यामेरा र १२ एमपी अल्ट्रा वाइड क्यामेरासहित ल्याएको छ । फोनमा १०.५ मेगापिक्सेल सेल्फी क्यामेरा छ ।

गुगल पिक्सेल ८ फोनमा ४ हजार ५७५ एमएएच ब्याट्री राखिएको छ । फोनमा एन्ड्रोइड १४ सफ्टवेयर प्रयोग गरिएको छ । कम्पनीले पिक्सेल ८ प्रो टेन्सर चिपसेटको साथ प्रस्तुत गरेको छ ।

पिक्सेल ८ प्रो ६.७ इन्चको ओएलइडी डिस्प्लेको साथ ल्याइएको छ । फोनमा १२० हर्ज रिफ्रेस रेट र २४०० निट्स पीक ब्राइटनेस छ । गुगल पिक्सेल ८ प्रो फोन १२ जीबी र्याम र १२८ जीबी, २५६ जीबी तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

पिक्सेल ८ प्रो ५० मेगापिक्सेल मुख्य क्यामेरा र ४८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र ४८ मेगापिक्सेल टेलिफोटो लेन्सको साथ कम्पनीले प्रस्तुत गरेको छ । फोनमा १०.५ मेगापिक्सेल सेल्फी क्यामेरा छ ।

गुगल पिक्सेल ८ प्रो फोनमा ५०५० एमएएच ब्याट्री रहेको छ । यस बाहेक फोनमा ३० वाट फास्ट चार्जिंग सुविधा छ । गुगल पिक्सेल ८ प्रो फोन एन्ड्रोइड १४ आउट अफ द बक्स सफ्टवेयरसँग आउने छ ।