कीवर्डहरू -

दराजको दशैं धमाका अफरः ७० प्रतिशतसम्म छुट, एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका

दराजको दशैं धमाका अफरः ७० प्रतिशतसम्म छुट, एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका

नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ ।

ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्धेश्यले सार्वजनिक भएको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले  छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न सक्नुहुनेछ भने डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा लिन सक्ने छन् ।

असोज १७ गतेबाट लागूहुने ‘दराज दशैं धमाका’मा ७० प्रतिशत सम्मको छुट, ७ हजार बराबरको भौचर जस्ता थुप्रै फाइदाहरु छन् । यसका साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत (रु १,५०० सम्म)र क्रेडिट कार्डमा २० प्रतिशत  (रु २,००० सम्म)को छुट, ३५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले एक लाख बराबरको सपिङ्ग भउचर पनि प्राप्त गर्ने मौका रहेको छ ।

दशैं धमाका छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ्ग अनुभव सङ्गाल्दै जीवनमा उमङ्ग भर्ने अवसर भएको कारण सम्पूर्णलाई ‘दराज दशैं धमाका’मा सहभागी भएर मौकाको फाइदा लिन दराजले आग्रह गरेको छ ।