कीवर्डहरू -

एनसेलको नयाँ नियम, अब न्युनतम ४० रूपैयाँ टपअप गर्नुपर्ने

एनसेलको नयाँ नियम, अब न्युनतम ४० रूपैयाँ टपअप गर्नुपर्ने

अब एनसेल नम्बरमा डिजिटल वालेटबाट ४० रूपैयाँभन्दा कम टपअप गर्न नसकिने भएको छ । डिजिटल वालेट इसेवाले एक सूचना जारी गर्दै अब न्युनतम ४० रूपैयाँ टपअप गर्नुपर्ने जानकारी दिएको हो ।

यसअघि न्युनतम १० रूपैयाँ टपअप गर्नुपर्ने व्यवस्था थियो । तर एनसेलको नयाँ नियम अनुसार अब न्युनतम ४० रूपैयाँ टपअप गर्नुपर्ने इसेवाले जनाएको छ ।

त्यसैकारण बिहीबार रातिदेखि इसेवाबाट पनि एनसेलमा न्युनतम ४० रूपैयाँको टपअप गर्न सकिने व्यवस्था लागु हुने जानकारी दिएको छ ।

\"\"