कीवर्डहरू -

ओभरहिटिङ समस्या समाधान गर्न एप्पलको नयाँ अपडेट

ओभरहिटिङ समस्या समाधान गर्न एप्पलको नयाँ अपडेट

एप्पलले आफ्नो नवीनतम आइओएस  १७.०.३ अपडेट जारी गरेको छ । यो एक विशेष समस्या समाधान गर्न ल्याइएको हो जसको कारण आईफोन १५ प्रो र १५ प्रो म्याक्स प्रयोगकर्ताहरू लामो समयदेखि समस्यामा परेका थिए ।

आईफोन १५ प्रो डिभाइसका प्रयोगकर्ताहरूले अत्यधिक तातो हुने समस्याको सामना गरिरहेका थिए । बगका कारण यस्तो समस्या भएको कम्पनीले जनाएको छ । एप्पलले आफ्ना नयाँ आईफोनहरूलाई ओभरहेटिंग समस्याबाट जोगाउन नयाँ अपडेट जारी गरेको छ ।

एप्पलले पहिले नै बगका कारण यो समस्या भएको जानकारी दिएको थियो । यो आइओएस  १७.०.३ अपडेटले महत्त्वपूर्ण बग फिक्स, सुरक्षा अपडेट ल्याउँछ र ओभर हिटिङ समस्या समाधान गर्छ । साथै, आइप्याड ओएस १७ अपडेट पनि उपलब्ध गराइएको छ ।

केही तेस्रो–पार्टी एपहरूको अपडेटले पनि आईफोन प्रणालीलाई ओभरलोड गरेको आईफोनले जनाएको छ । यस कारण एप्पलले ती कम्पनीका विकासकर्तासँग समस्या समाधानका लागि काम गरिरहेको छ । यी कम्पनीहरूको सूचीमा उबर, इन्स्टाग्राम र एस्फाल्ट ९ समावेश छन् ।

कसरी अपडेट गर्ने ?

तपाईंको आईफोन चार्ज भइरहेको बेला डाउनटाइममा आइओएसको नवीनतम संस्करणमा स्वचालित रूपमा अपडेट गर्न कन्फिगर गर्न सकिन्छ । तर तपाईं यसलाई म्यानुअल रूपमा पनि अपडेट गर्न सक्नुहुन्छ ।

सबैभन्दा पहिले आफ्नो आईफोनको सेटिङ विकल्पमा जानुहोस् । त्यसपछि जनरल जानुहोस् र अबाउटमा ट्याप गर्नुहोस् ।

अब सफ्टवेयर अपडेटमा गएर म्यानुअल रूपमा आफ्नो डिभाइस अपडेट गर्नुहोस् । यदि तपाईको लागि आइओएस  १७.०.३  उपलब्ध छ भने यसलाई इन्स्टल गर्न सक्षम हुनुहुनेछ ।