इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट पाउने भएका छन् । आउँदै गरेका चाडपर्व लक्षित गरी सामसङले वर्ल्डलिंकसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो ।
अफर अन्तर्गत वर्ल्डलिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिने छ । जसअनुसार सबैभन्दा धेरै अर्थात १५ हजार ५०० रुपैयाँको छुट आठ केजी क्षमताको सामसङ फ्रन्ट लोड इको बबल वासिङ मसिन खरिदमा पाउन सकिने छ ।
८८ हजार रुपैयाँ बजार मूल्य रहेको उक्त वासङि मसनि वर्ल्डलिंकका ग्राहकलाई भने ७५ हजार ५०० रुपैयाँमै उपलब्ध हुनेछ । त्यस्तै ५५ इन्चको सामसङ फोरके यूएचडी टेलभिजिनमा १३ हजार ९१ रुपैयाँको छुट पश्चात ८३ हजार ५०० रुपैयाँमै पाउन सकिने छ, जसको बजार मूल्य ९६ हजार ५९१ रुपैयाँ रहेको छ ।
यसैगरी ६६ हजार ५०० रुपैयाँ पर्ने ४३ इन्चको सामसङ फोरके यूएचडी टेलभिजिनमा आठ हजार रुपैयाँ छुट पाउन सकनिेछ । यस बाहेक ३७ हजार ८०० बजार मूल्य रहेको २३० लटिर क्षमताको सामसङ सङ्गिल डोर रेफ्रिजेनेरेटरमा ६ हजार ३०० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
मोबाइल तर्फ ३१ हजार ९९९ रुपैयाँको आठ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएको सामसङ ए २४ एलटीई स्मार्टफोन तीन हजार ९९९ रुपैयाँ छुट पश्चात् मात्र २८ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
छुट लिन के गर्ने ?
यो छुट सुविधाका लागि वर्ल्डलिंकका काउन्टरमा गएर अथवा अनलाइनबाट तीन वा १२ महनिाको इन्टरनेट प्याकेज खरिद तथा रिन्यु गर्नुपर्नेछ । त्यसपछि वर्ल्डलिंकका काउन्टरबाट आफूले छुट प्राप्त गर्न चाहेको सामसङ उत्पादनको भौचर प्राप्त गर्न सकिने छ ।
उक्त भौचर सामसङका कुनै पनि आधकिारकि स्टोरमा गएर देखाउँदा अफर अन्तर्गतको छुट सुविधा मिल्ने जनाइएको छ । यसअघि २६ सेप्टेम्बरमा खल्तिद्धारा वर्ल्डलिंकका ग्राहकहरुका लागि दुबई घुम्ने अफर ल्याएको थियो ।