कीवर्डहरू -

दशैंका लागि अग्रिम टिकट बुकिङ बससेवाबाटै, हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याकको सुविधा

दशैंका लागि अग्रिम टिकट बुकिङ बससेवाबाटै, हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याकको सुविधा

सोमबारबाट दशैंका लागि अग्रिम टिकट बुकिङ सुरू भएको छ । यातायात व्यवसायीहरूले असोज २२ गते सोमबारबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाएका हुन् ।

अग्रिम टिकट बुकिङ अनलाइन र अफलाइन दुवै माध्यमबाट बुकिङ गर्न सकिने छ । दशैंमा घर जाने टिकट लिन काठमाडौंको नयाँ वषपार्कमा बिहानदेखि भीड लागेको छ ।

यदी तपाईले पनि दशैंमा घर जाने सोच्नु भएको छ भने अनलाइनबाटै बससेवाबाट बसको टिकट अग्रिम बुकिङ गर्न सक्नुहुन्छ । बससेवा डटकम को मोबाइल एप र वेबसाइटबाट बसको टिकट अग्रिम बुकिङ गर्न सकिन्छ । बससेवा डटकमको अनलाइन बस टिकेटिङका लागि लोकप्रिय प्लेटफर्म हो ।

बससेवामार्फत् टिकट काट्ने यात्रुहरूमध्ये हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याक पकेट मनीको रूपमा पूर्ण क्यासब्याक जित्ने मौका समेत रहेको छ । इसेवा प्रयोगकर्ताले सजिलै इसेवा एप खोलेर बस टिकेट अप्सनमा क्लिक गरी टिकट बुकिङ गर्न सक्ने छन् ।

बससेवाबाट टिकट बुकिङ गर्दा इसेवा, आईएमई पे, खल्ती, माई पे, कनेक्ट आईपीएस लगायतका अनलाइन माध्यमबाट पैसा समेत तिर्न सकिने छ ।