कीवर्डहरू -

इजाजतबिना ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन नगर्न सूचना तथा प्रशारण विभागको चेतावनी 

इजाजतबिना ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन नगर्न सूचना तथा प्रशारण विभागको चेतावनी 

सूचना तथा प्रशारण विभागले इजाजत लिएर मात्रै ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन गर्न अनुरोध गरेको छ ।

एक सूचना प्रकाशित गर्दै विभागले इजाजत लिएर मात्रै ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन गर्न/गराउन अनुरोध गरेको हो ।

नेपाल राजपत्र खण्ड ७१ मा प्रकाशित राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ अनुसार ओटीटी, भिओडी र आईपीटीभी सेवाहरु इजाजत लिई मात्रै सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ ।

इजाजतपत्र नलिई सञ्चालन गरिरहेका ओटीटी, भीओडी र आईपीटीभी संस्थाहरुले सो सेवाको सञ्चालन तत्काल बन्द गर्न समेत विभागले भनेको छ ।

यदी विभागबाट इजाजतपत्र नलिएर सेवा सञ्चालन गरेमा कानून बमोजिम कारवाही हुने समेत सूचना तथा प्रशारण विभागले चेतावनी दिएको छ ।