काठमाडौं। असार १२ गते सोल्टी क्राउन प्लाजामा डाटा सेन्टर समिट २०१९ हुने भएको छ।
नेपाल डाटा सेन्टर सोसाइटी र ऐनपी सर्टको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक डाटा सेन्टर समिट हुन लागेको हो।
समिटमा विश्वका ख्याति प्राप्त डाटा सेन्टरका वक्ताहरुले डाटा सेन्टरको ग्लोबल स्ट्यान्डर्ड, गाइडलाइन, बेस्ट प्राक्टिसको बारेमा प्रस्तुति दिन छन। साथै सहभागीहरु बिच बृहत अन्तरक्रिया हुनेछ।
डाटा सेन्टर समिटको मुख्य उदेश्य भनेको नेपाली डाटा सेन्टर उद्योगलाई विश्वस्तरीय मापदण्ड अनुरुप अगाडी बढाउनु सहयोग गर्नु रहेको छ।
डाटा सेन्टर समिटमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ओइएम पार्टनर तथा सेवा प्रदायकले आफ्ना डाटा सेन्टर सोलुसन्स र प्रडक्ट सहित सहभागीता जनाउने छन।
                  
                  
              
                                      आईसीटी समाचार