कीवर्डहरू -

अनरको फेस्टिभ अफर, स्मार्टफोन किन्दा दैनिक उपहारसँगै भेस्पा स्कुटर जित्ने मौका

अनरको फेस्टिभ अफर, स्मार्टफोन किन्दा दैनिक उपहारसँगै भेस्पा स्कुटर जित्ने मौका

नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ । “बनाउ दशैं अनरमय” भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार को पर्व ल्याएको छ ।

सेलट्रोन नेपालले यस चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरूमाझ उत्साह सिर्जना गर्ने विश्वास लिएको छ । अनरबाट अनरको बहार, चाडपर्व मा उपहारै उपहार नामक अभियान सुरु गरिएको छ । जसमा खरिदकर्ताहरुले स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

उपहारहरू चार खण्डहरूमा विभाजित छन् । जसमा मानिसहरूले रु. ५,९९० मूल्यको अनर एयरबड एस५  वा रु.६,४९० पर्ने अनर ब्यान्ड सीक्स हरेक दिन जित्ने मौका पाउन सक्नेछन् । दोस्रो मेगा गिफ्ट हो जहाँ खरिदकर्ताहरुले ४३ इन्च स्मार्ट टिभी वा अनर वाच ४ वा अनर ९० फाइभजी जित्ने मौका पाउन सक्छन् ।

त्यसपछि तेस्रो खण्डमा थप रोचक हुनेछ, जहाँ ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन् र।अन्तमा, सबैभन्दा गजबको उपहार अर्थात् एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्ने कम्पनीको भनाइ छ ।