कीवर्डहरू -

शत्रुले प्रहार गरेका रकेट आकाशमै नष्ट गर्ने इजरायलको ‘आईरन डोम’ प्रविधि, कसरी गर्छ काम ?

शत्रुले प्रहार गरेका रकेट आकाशमै नष्ट गर्ने इजरायलको ‘आईरन डोम’ प्रविधि, कसरी गर्छ काम ?
Photo Credit: Moti MIlrod / AP

गत शनिबारदेखि इजरायल र हमासबीच युद्ध जारी छ । गत ७ अक्टोबरमा प्यालेस्टिनी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले इजरायलतर्फ करिब ५ हजार रकेट प्रहार गरेपछि दुई देशबीचको युद्ध जारी छ ।

हमासको आक्रमणपछि इजरायल सरकारले आइतबार युद्धको घोषणा गरेको थियो । हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तीमा ७०० जनाको मृत्यु भएको छ ।

हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ । हमासले करिब २० मिनेटभित्र इजरायलमा ५ हजार रकेट प्रहार गरेको थियो ।

इजरायलमा रकेट आक्रमण भएको यो पहिलो पटक होइन । बेला बेला रकेट आक्रमण भइरहन्छन् । त्यसैकारण इजरायलले अन्य देशबाट प्रहार भएको रकेट आकाशमै नष्ट गर्न आइरन डोम एयर डिफेन्स प्रविधि राखेको छ ।

आईरन डोम प्रविधि विश्वको उत्कृष्ट एयर डिफेन्स प्रणाली हो । शत्रुले प्रहरा गरेका ९० प्रतिशत रकेट आकाशमै नष्ट गर्ने इजरायल डिफेन्स फोर्सको दावी छ । तर यस पटक हमासले ५ हजार रकेट प्रहार गर्दा आईरन डोमले धेरै रकेटलाई आकाशमै नष्ट गर्‍यो ।

त्यसका बाबजुद पनि केही रकेट इजरायली भूमिमा खस, जस कारण इजरायलले क्षति व्यहोर्नु पर्‍यो । आईरन डोम विशेष गरी घातक रकेट हमलाबाट बचाउन डिजाइन गरिएको हो ।

के हो आइरन डोम ?

आइरन डोमको विकास इजरायलको राफायल एडभान्स्ड डिफेन्स सिस्टम र इजरायल एरोस्पेस इन्डष्ट्रिजले गरेका हुन् । सन् २००७ बाट आइरन डोम बनाउन सुरू गरिएको थियो । आइरम डोम बनाउन इजरायलले अमेरिकासँग आर्थिक र प्राविधिक सहयोग लिएको थियो ।

\"\"
Photo: Israel Defense Forces and Nehemiya Gershuni-Aylho

सन् २००८ मा आइरन डोमको पहिलो परीक्षण भएको थियो भने सन् २०१० मा यसको अन्तिम परीक्षण भएको थियो । त्यसपछि सन् २०११ बाट आइरन डोम प्रणाली सञ्चालनमा आएको थियो ।

आइरन डोम इजरायलको एयर डिफेन्स सिस्टम हो । जसलाई शत्रुका रकेट आकाश मै नस्ट गर्न प्रयोग गरिन्छ । आइरन डोमले रकेट मात्र नभएर दुस्मनको ड्रोन पनि नष्ट गर्न सक्छ ।

आइरन डोमको मोबाइल भर्सन समेत रहेको छ, जसले सेना, उद्योग र प्रशासनिक भवनलाई हवाई सुरक्षा दिन्छ । आइरन डोमको नौ सैनिक संस्करण पनि छ जसले समुन्द्रमा रहेका इजरायलका जहाजलाई सुरक्षा दिन्छ ।

आइरन डोम जुनसुकै मौसममा पनि काम गर्न सक्षम छ । यसले रेञ्ज र निशानाको जाँच गर्छ र एउटा चेतावनी साइरन बजाउँछ ।

यो साइरन स्थानीय मानिसहरु सुरक्षित स्थानसम्म जानका लागि बजाइन्छ । सुरक्षित स्थानमा जान ३० देखि ९० सेकेण्डको समय हुन्छ ।

त्यसपछि आइरन डोमले आफ्नो राडरको माध्यमबाट हमलाको अनुमान लगाउँदै मिसाइल प्रक्षेपण गर्छ र रकेटलाई आकास मै नस्ट गर्छ ।

यसरी काम गर्छ आइरन डोम ।

यसको प्रत्येक लन्चरमा २० इन्टरसेप्टर मिसाइल हुन्छन् । यी मिसाइलमा रकेट र मिसाइलसँग जुध्ने बेजोड क्षमता हुन्छ । यसले ७० किलोमिटर उचाईसम्मको रकेट हमलालाई नस्ट गर्न सक्छ । यो ग्राउण्ड टु एर डिफेन्स सिस्टम हो । यो सिस्टम ब्याट्रीबाट सञ्चालन गरिन्छ ।

यसमा प्रयोग गरिएको ब्याट्री चार्ज हुने ब्याट्री होइन् । यसमा ब्याट्रीको मतलब रकेट रोक्ने एक युनिटलाई बुझ्न सकिन्छ । आइरन डोमको काम गर्ने तरिकालाई बुझ्न सुरूमा ब्याट्रीको छुट्टा छुट्टै भागलाई बुझ्नु पर्ने हुन्छ । ब्याट्रीका ३ भाग छन् ति हुन् राडर, कन्ट्रोल सेन्टर र लन्चर ।

\"\"
Photo: BBC

पहिलो भागमा राडर पर्छ । जब कुनै रकेट शत्रुको क्षेत्रबाट प्रहार हुन्छ तब राडरले संकेत गर्छ र त्यसले उक्त रकेट कुन दिशामा जान्छ, कुन बोटोबाट जान्छ र कहाँ ल्याण्ड हुन्छ त्यसको मापन गर्छ ।

यो जानकारी राडरले आइरन डोमको दोस्रो भाग कन्ट्रोल सेन्टरमा पठाउँछ । कन्ट्रोल सेन्टर उच्च गति (हाई स्पीड) कम्प्युटर राखिएको हुन्छ ।

उक्त हाइस्पिड कम्प्युटरको मद्दतले कन्ट्रोल सेन्टरले रकेट कहाँ खस्छ त्यसको जानकारी पत्ता लगाउँछ । यदी शत्रुले प्रहार गरेको रकेट कुनै मानव बस्ती वा महत्वपूर्ण भवनमा खस्नेवाला छ भने मात्रै त्यसलाई आकाशमा हावामै नस्ट गरिन्छ ।

रकेट खालि ठाउँमा खस्ने भए त्यसलाई खस्न दिइन्छ नस्ट गरिदैन् । कुन रेकटलाई नस्ट गर्नुपर्छ कुनलाई गर्नुपर्दैन् त्यो निर्णय कन्ट्रोल सेन्टरका हाई स्पीड कम्प्युटरले लिन्छन् ।

यदी कन्ट्रोल सिस्टमले रकेट नस्ट गर्नुपर्ने जरूरी देखेमा यसले जानकारी आइरन डोमको लन्चरमा पु¥याउँछ । लन्चरमा धेरै इन्टरसेप्टर राखिएको हुन्छ ।

इन्टरसेप्टर भनेको त्यस्तो मिसाइल हो, जसले शत्रुको रकेटलाई हावामै नस्ट गरिदिन्छ । कन्ट्रोल सेन्टरबाट जानकारी आएपछि लन्चरबाट एक इन्टरसेप्टर लन्च हुन्छ ।

कन्ट्रोल सेन्टरबाट इन्टरसेप्टरलाई लगातार निर्देशन प्राप्त भइरहन्छ । यस इन्टरसेप्टरमा पनि एउटा सानो राडर जडान गरिएको हुन्छ । कन्ट्रोल सेन्टर र सो राडरको मद्दतले इन्टरसेप्टर रकेटको नजिक पुग्छ ।

रकेटको नजिक पुगेको इन्टरसेप्टर बिस्फोट हुन्छ र शत्रुको रकेट हावामै नस्ट हुन्छ । राडर, कन्ट्रोल सेन्टर र लन्चरलाई एकै ठाउँमा नराखि अलग अलग ठाउँमा राखिएको हुन्छ ।

यिनीहरू बीच निकै तीब्र गतिमा डेटा आदान प्रदान हुन्छ । ब्याट्रीलाई एक ठाउँबाट सजिलै अर्को ठाउँमा लान सकिन्छ ।

\"\"
आईरन डोमको ब्याट्री । Photo: Israel Defense Forces

खर्च कति लाग्छ ?

आइरन डोममा इजरायले धेरै लगानी गरिरहेको छ । इजरायलले प्रत्येक इन्टरसेप्टर मिसाइलका लागि ५० हजार डलर खर्च गर्छ ।

यसको खर्च यो भन्दा पनि धेरै छ तर इजरायलले शत्रुको मनोबल कमजोर होस् भनेर खर्च कम भनिरहेको बताइन्छ । यदी धेरै रकम खर्च गरेर आइरन डोमले काम नगरे त्यो खर्च त्यतिकै खेर जान्छ ।