कीवर्डहरू -

सामसङको मोबाइल वा ट्याबलेट किन्दा स्कुटर जित्ने मौका 

सामसङको मोबाइल वा ट्याबलेट किन्दा स्कुटर जित्ने मौका 

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ दशैं कन्जुमर प्रमोसन योजनाका ९ जना भाग्यशाली विजेताहरुले ९ वटा टिभीएस १२५ सिसि स्कूटर जितेका छन् । विजेताहरू असोज २ देखि असोज १५ सम्मको प्रवर्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट छनोट गरिएको हो ।

अहिलेसम्म, ९ जना विजेताहरूले नौवटा टिभीएस १२५ सिसि स्कूटर जितिसकेका छन् । हालसम्म असोज ५ र असोज ७ का दुई विजेताले आफ्नो स्कूटर दाबी गरिसकेका छन् । सो विजेताहरू ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एण्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ छन् खरिद गरेकी ललितपुरको कुमारीपाटीकी लीला गमाल र भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए२४ खरिद गरेकी भक्तपुरकी जेनी भलान्द्यो रहेका छन् ।

जेनी भन्छिन्, ‘म भाग्यशाली विजेता हुनेछु भनेर मैले सोचेकी पनि थिइन। नयाँ १२५ सीसी टिभिएस स्कुटर पाउँदा म एकदमै खुसी छु। वास्तवमा म यो दशैं बेला स्कूटर किन्ने योजनामै थिएँ र अब यस्तो लाग्छ कि भगवानले साँच्चै मेरो इच्छा सुन्नुभयो । सामसङ ग्यालेक्सी ए२४ किनेर स्कूटर जिते ।’

यस्तै लिलाले उपहारको लागि सामसङ नेपाललाई हृदयदेखि कृतज्ञता व्यक्त गर्न गरिन । ‘अरूलाई पनि स्कूटर जित्ने मौकाको लागि सामसङ स्मार्टफोन किन्न प्रोत्साहित गर्न चाहन्छु। आजसम्म कहिल्यै म यति भाग्यमानी भएको थिइन,’ उनले अगाडि भनिन ।

तपाई पनि सामसङको यस अफरमा सहभागी भएर स्कुटर जित्न सक्नुहुनेछ । अझै पनि १३ वटा स्कूटर जित्न बाँकी नै छ । तपाईं पनि कुनै पनि सामसङ स्मार्टफोन वा सामसङ ट्याब्लेट खरिद गरी ती स्कूटर जित्ने भाग्यशाली विजेता बन्न सक्नुहुन्छ । नयाँ डिभाइस खरिद गरेपछि एसएमएसमा गएर SAMSUNG Serial Number राखेर ३१००१ मा पठाउनु पर्नेछ ।

विजेताको  सिरियल नम्बरहरू इमेज च्यानलमा लाइभ लक्की ड्रमार्फत घोषणा गरिनेछ र अर्को दिन सामसङको आधिकारिक फेसबुक पेजमा पनि पोस्ट गरिनेछ। यो दशैं कन्जुमर प्रमोसन योजना अझै पनि कार्तिक ३ गतेसम्म लागु हुनेछ ।