कीवर्डहरू -

नेपालमा अहिले सम्मकै सबैभन्दा ठुलो ह्याकथन हुदै

नेपालमा अहिले सम्मकै सबैभन्दा ठुलो ह्याकथन हुदै

काठमाडौं। युरोपेली नेपाली विद्यार्थीको आह्वानमा श्रावण ३,४ र ५ गते नामि कलेजमा नेपालमा अहिले सम्मकै सबैभन्दा ठुलो ह्याकथन हुने भएको छ।

सिरिस युथ फाउन्डेसन र सी.एस.आई.टि एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा नेपालमा अहिले सम्मकै सबैभन्दा ठुलो ह्याकथन हुन लागेको हो ।

\"\"

\"\"

एभरेस्ट ह्याक नाम दिइएको यो ह्याकथनमा श्रावण ३ गते बेलुकी ७ देखी १० बजे सम्म नेटवर्किङ सेसन  हुनेछ। जसमा प्रतिस्पर्धि र एकल प्रतिस्पर्धिहरुले आ-आफ्नो टिम तयार गरेर, विभिन्न आइडियाज र च्यालेन्जहरुमा काम गर्नेछन।

श्रावण ४ गते १२ बजे देखी सुरु भएको ह्याकथन श्रावण ५ गते १२ बजे सम्म रहनेछ।  श्रावण ५ गते १२ बजे पछि बनिसकेका प्रोजेक्टलाई देखाउन राखिनेछ। यसलाई ह्याकिङ एक्सपो नाम दिइएको छ।

श्रावण ५ गते  ४ बजे सम्म प्रतिस्पर्धि मध्यबाट फाइनल लिष्टको नाम सार्वजनिक गरिने आयोजकले जनाएको छ। ह्याकथनमा पहिलो हुनेले नगद रु ५० हजार सहित युरोपको सबैभन्दा ठुलो ह्याकथन जंक्सन ह्याकमा सोझै सहभागी हुन पाउने छन।

दोस्रो हुनेले नगद रु २५ हजार सहित  आयोजकको युरोपको पार्टनर ह्याथनमा सोझै सहभागी हुन पाउने छन। र तेस्रो हुनेले नगद रु १५ हजार सहित आयोजकको एसिया पार्टनर ह्याकथनमा सोझै सहभागी हुन पाउने छन।

एभरेष्ट ह्याक को मिडिया पार्टनरको रुपमा लिभिङ विथ आइसिटि पनि रहेको छ।