कीवर्डहरू -

एप्पलले हरेक वर्ष किन ल्याउँछ नयाँ आईफोन ?

एप्पलले हरेक वर्ष किन ल्याउँछ नयाँ आईफोन ?

एप्पलले हरेक वर्ष आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ आईफोन ल्याउँछ । केही समय अगाडि मात्रै यस वर्षका लागि एप्पलले आइफोन १५ सिरिज सार्वजनिक गरेको थियो ।

एप्पलले हरेक वर्ष नयाँ फोन किन ल्याउँछ ? तपाईको दिमागमा यो प्रश्न आएको छ होला । ठ्याक्कै यही प्रश्न एप्पलका सीईओ टिम कुकलाई सोधिएको थियो, जसको कुकले जवाफ दिएका छन् ।

कुकले धेरै प्रयोगकर्तालाई हरेक वर्ष नयाँ फोन चाहिने भएकाले एप्पलले हरेक वर्ष नयाँ परिवर्तन गरेर प्रयोगकर्ताको यो आवश्यकता पूरा हुने बताए । यस बाहेक प्रयोगकर्ताहरूसँग पुरानो आईफोनलाई एक्सचेन्ज अफरसहित फिर्ता गर्ने विकल्प पनि हुने हुँदा सबैजनाले नयाँ फोन प्रयोग गर्न चाहने उनको भनाइ थियो ।

पुरानो आईफोन प्रयोग गर्ने धेरै प्रयोगकर्ता छन् । यस्तो अवस्थामा नयाँ आईफोन किन्नेसँगै अन्य प्रयोगकर्ताको पनि यो इच्छा पूरा हुन्छ । यति मात्र होइन, कम्पनीले ती पुराना आइफोनहरू पनि प्रयोग गर्छ, जुन प्रयोग गर्न नसकिने अर्थात् काम गर्ने अवस्थामा छैनन् ।

एप्पलले पुराना आईफोनलाई जंक ठान्दैन् । कुकले पुराना आइफोनका पार्टपुर्जा पुनः प्रयोग हुने गरेको बताए । नयाँ आईफोन बनाउन पुरानो आईफोनका केही भागहरू प्रयोग गरिन्छ ।

वास्तवमा कम्पनीले सन् २०३० सम्ममा पूर्णतया कार्बन न्यूट्रल बनाउने लक्ष्यमा काम गरिरहेको छ । यस वर्ष लन्च गरिएको नयाँ एप्पल वाच शतप्रतिशत पूर्णतया कार्बन न्यूट्रल उत्पादन हो ।

यस सन्दर्भमा कम्पनी कुकले नयाँ आईफोन बनाउनुले वातावरणमा कुनै हानि नपुगेको बताएका छन् । कम्पनीले आईफोनलाई २०३० सम्ममा पूर्णतया कार्बन न्यूट्रल बनाउने योजनामा छ ।