कीवर्डहरू -

फोनपेबाट एयरलाइन्सको टिकेट काट्दा म्याकबुक एयर जित्ने मौका

फोनपेबाट एयरलाइन्सको टिकेट काट्दा म्याकबुक एयर जित्ने मौका

नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक फोनपेले फोनपे सुपरयात्रा नामक अभियान संचालन गरेको छ | मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकेट खरिद गर्दा ग्राहकहरु बीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउने उद्देश्यसहित फोनपेले नयाँ अभियान सुरू गरेको हो ।

सुपरयात्रा अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ । यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन्। अतिरिक्त लाभको रूपमा नयाँ ग्राहकहरूले प्रोमो कोड SUPERYATRA200 प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा रु २०० क्यास ब्याक को मजा लिन सक्ने छन्।

यस अभियानमा सहभागि हुन ग्राहकहरुले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एपमार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ।

यस अभियानले मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथ साथै यस चाडपर्वको घडिमा अधिकांश ग्राहकहरुको यात्रामा थप उर्जा थप्ने लक्ष्य पनि राखेको कम्पनीले जनाएको छ ।