कीवर्डहरू -

काठमाडौं विश्वविद्यालयमा बनेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको भवन उद्घाटन

काठमाडौं विश्वविद्यालयमा बनेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको भवन उद्घाटन

कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)मार्फत् दक्षिण कोरियाली सरकारको अनुदानमा काठमाडौं विश्वविद्यालयमा स्थापना भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) भवन सञ्चालनमा आएको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिण कोरियाली सरकारको अनुदानमा काठमाडौं विश्वविद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा कोरियाली राजदूत पार्क तेइ योङ, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. भोला थापा, रजिष्टार अच्युत वाग्ले, कोइकाका कन्ट्री निर्देशक कङ मुहन लगायत पदाधिकारीको उपस्थिति थियो ।

भवनमा ग्रामीण र पृथक क्षेत्रका लागि उपयुक्त प्रविधिसहितको व्यावसायिक मोडेल विकास गर्न उच्चस्तरीय वैज्ञानिक उपकरणको व्यवस्था गरिएको छ । यस परियोजनाका लागि कारियाले १ करोड अमेरिकी डलर बराबरको अनुदान सहायता उपलब्ध गराएको थियो ।

अनुसन्धान र विकास क्षमतालाई सुदृढ पार्नु र प्राविधिक आविष्कारको माध्यमबाट नेपालका ग्रामिण समुदायका मानिसहरुको जीवनस्तर र आम्दानीको स्थितिमा सुधार गर्न संयुक्त रुपमा काम गर्ने गरी एनटीआईसी स्थापना गरिएको हो ।

दक्षिण कोरिया सरकारले कोइकामार्फत् सन् १९९१ देखि शिक्षा, स्वास्थ्य, कृषि र सूचना प्रविधिको क्षेत्रमा सहायताका काम गर्दै आइरहेको छ ।