कीवर्डहरू -

आईतबार सार्वजनिक हुँदै महावीर पुनको जीवन कथामा आधारित पुस्तक, अनलाइनबाटै अर्डर गर्न सकिने 

आईतबार सार्वजनिक हुँदै महावीर पुनको जीवन कथामा आधारित पुस्तक, अनलाइनबाटै अर्डर गर्न सकिने 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जीवन कथामा आधारित पुस्तक अनलाइनबाट समेत अर्डर गर्न सकिने भएको छ । आईतबारदेखि पुनको जीवनीमा आधारित पुस्तक उपलब्ध हुँदैछ ।

पुस्तक अनलाइन शपिङ प्लेटफर्म दराज र अमेजन किन्डलमा समेत उपलब्ध हुनेछ । पुस्तकको मूल्य ७५० नेपाली रूपैयाँ राखिएको छ भने अमेजन किन्डलका लागि १० अमेरिकी डलर तोकिएको छ ।

पुस्तक आईतबार सार्वजनिक हुने भएपनि दराज र किन्डलमा सोमबारदेखि मात्रै उपलब्ध हुनेछ । अनलाइन अर्डर गर्न नसक्नेले 9801462924, 9801462918 र 9841592361 फोन गरेर अर्डर गर्न सक्ने महावीर पुनले जनाएका छन् ।

किताब बेचेर आएको सबै पैसा वीरगंजको कृषि औजार कारखानाको सुधार गर्ने र संचालन गर्ने काममा जाने उनले जानकारी दिए । वीरगंजको कृषि औजार कारखानाको लागि तत्कालै पैसा चाहिएका कारण जीवन कथा लेखिएको पुनको भनाइ छ ।