कीवर्डहरू -

कोड फेस्ट २०२३ सम्पन्न, सुदूरपश्चिमको नास्ट टिम बन्यो विजेता

कोड फेस्ट २०२३ सम्पन्न, सुदूरपश्चिमको नास्ट टिम बन्यो विजेता

कोड फर चेन्ज द्वारा आयोजित नेपालकै ठूलो भनिएको ह्याकथन कोडफेस्ट २०२३ काठमाडौंमा सम्पन्न भएको छ । कोड फोर चेन्जले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको कुरा कोड फर चेन्ज का प्रोजेक्ट लिड कृष्ण प्रसाद पोखरेलले बताए ।

कोड फर चेन्जले स्थापना कालदेखि नै नेपालमा प्रविधि पढिरहेका विद्यार्थीहरुको व्यक्तिगत र व्यवसायिक विकासको लागि विभिन्न वर्कशप, बुटक्याम्प, टेक कन्केल्भ लगायतका कामहरु गर्दै आएको छ भने टेक्नोलोजीको सहि प्रयोग बारे जनचेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ ।

नेपालकै ठूलो टेक अर्गनाइजेसन कोड फर चेन्जले अगस्ट देखि अक्टोबर सम्म सन्चालन भएको कोडफेस्ट २०२३ नेपालको सातवटा प्रदेशमा सम्पन्न गरि अक्टोबर ९, १०,११ मा ग्रान्ड फिनाले भव्यताका साथ सम्पन्न गरेको छ ।

कोडफेस्टमा विभिन्न प्रदेश बाट १०० प्लस टिम दर्ता भएका थिए, जसमध्ये प्रदेश स्तरीय प्रतिस्पर्धाबाट बाग्मती प्रदेशबाट तीन उत्कृष्ट टिम र अन्य प्रदेशबाट एक–एक उत्कृष्ट टिम गरि जम्मा ९ ओटा टिम छनोट भइ राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्न काठमाडौ आइपुगेका कुरा कोडफेस्ट २०२३ का एक्जिक्युसन लिड सि.एम. भट्टले जानकारी दिए ।

सहभागीहरुले ७ ओटा सस्टेनबल डेभलपमेन्ट गोलहरु (एसडीजी) गुड हेल्थ एण्ड वेल बीईङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटी, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड ष्ट्रोङ्ग इन्स्टिच्युसनमा आधारित रहेर कुनै समस्याको समाधान टेक्नोलोजीको प्रयोग गरेर प्रोजेक्ट मार्फत ४८ घण्टा भित्र तयार गरि प्रदर्शन गर्नु पर्ने थियो ।

कार्यक्रम हरेक प्रदेशमा सम्पन्न गरि ४८ घण्टे ह्याकथन अक्टोबर ९ र १० मा हिमायल कलेज अफ इन्जिनियरिङ ललितपुर मा भयो भने ग्रान्ड फिनाले ज्यापू प्रज्ञा प्रतिष्ठान ललितपुरमा विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ सम्पन्न भएको छ । कोडफेस्ट २०२३ को विजेता टिम नास्ट बनेको छ ।

टिम नास्ट सुदूूरप्रदेशको महेन्द्रनगर मा भएको प्रादेशिक आडियाथन बाट उत्कृष्ट भएर राष्ट्रिय प्रतिस्पर्धाको लागि चयन भएको थियो । उक्त टिमले गुड हेल्थ एन्ड वेल विङ मा आधारित ब्लड–लिन्क प्रोजेक्ट प्रस्तुत गरेका थिए । त्यसै गरि फर्स्ट रनर अप टिम अमृत साईन्स क्याम्पस ( बाग्मती प्रदेश ) हात पार्न सफल भएको छ, उक्त टिमले एसडीजी ११ अन्तर्गत रहेर खेती सिटि प्रोजेक्ट प्रस्तुत गरेको थियो । त्यसै गरि सेकेन्ड रनर अप टिम मेची मभरिक्स ( प्रदेश न. १) बाट रहेको छ ।

टिम मेची मभरिक्स ले रोडसेन्स प्रोजेक्ट प्रस्तुत गरेका थिए जस्ले सडकमा हुने दुर्घटनाहरु डिटेक्सन गरि सम्बन्धित निकायलाइ घट्ना बारे रियल टाइम अलर्ट दिने छ । कोडफेस्ट २०२३ को विजेताले रु ५०,००० /– नगद सहित होस्टिङ पार्टनर को तर्फबाट निशुल्क वेब होस्टिङ, नलेज पार्टनरको तर्फबाट ३ महिनाको निःशुल्क सब्सिक्रिप्सन प्याकेज र ग्याजेट पार्टनर यूू सफ्ट कम्प्युटरको तर्फबाट ल्यापटप सर्भिस मा ५० प्रतिशत छुट प्राप्त गरेका छन् ।

कोडफेस्ट २०२३ को फर्स्ट रनर अप टिमले रु २५,००० /– नगद सहित होस्टिङ पार्टनर को तर्फबाट निशुल्क वेब होस्टिङ, नलेज पार्टनरको तर्फबाट ३ महिनाको निःशुल्क सब्सिक्रिप्सन प्याकेज र ग्याजेट पार्टनर यू सफ्ट कम्प्युटरको तर्फबाट ल्यापटप सर्भिस मा ५० प्रतिशत छुट प्राप्त गरेका छन् । र कोडफेस्ट २०२३ सेकेन्ड रनर अप टिमले रु १५,००० /– नगद सहित होस्टिङ पार्टनर को तर्फबाट निशुल्क वेब होस्टिङ, नलेज पार्टनरको तर्फबाट ३ महिनाको निःशुल्क सब्सिक्रिप्सन प्याकेज दिइएको छ ।

सहभागी सबै टिमले होस्टिङ प्याकेजमा ३० प्रतिशत छुट र यूू सफ्ट को तर्फबाट ५० प्रतिशत छुट ल्यापटप सर्भिसङ प्राप्त गरेका छन् । कोडफेस्ट २०२३ को गोल्ड स्पोन्सर थ नेक्स्ट एजुकेसन कन्सल्टेन्सी , हिलालय कलेज अफ इन्जिनियरिङ , टेक्सास कलेज, सगरमाथा कलेज रहेका थिए ।

यसै गरि सिल्बर स्पोन्सर मा समृद्धि कलेज, सेन्ट लोरेन्स कलेज, आइटी कम्पनी पार्टनर इन्टुजी, एसोसिएट पार्टनर क्याथफोर्ड इन्टर्नेसनल कलेज, ट्रेनिङ पार्टनर दुरशिक्षा, होस्टिङ पार्टनर होस्टिङ सेवा, नोडिट होस्ट, एस्मेस पार्टनर क्रियटिभ एइसएमएस, ग्याजेट पार्टनर यू सफ्ट कम्प्यूटर इन्फोसिस, नलेज पार्टनर प्रोग्रामिज, अमडेना, एकेडेमीक पार्टनर एम्बेकेस्वरी क्याम्पस, टि शर्ट पार्टनर टिशर्ट नेपाल, सेलिब्रेसन पार्टनर केक स्टेसन, सपोर्टिङ पार्टनर माइक्रोसफ्ट, कम्प्यूटर एसोसिएसन अफ नेपाल, ट्रेनओकेट साउथ इस्ट एसिया न्यूमार्केट, मिडिया पार्टनर टेक साथी, आइसिटी फ्रेम र  थुप्रै आउट रिच पार्टनर र क्म्युनिटी पार्टनर पनि रहेका छन् ।

यसै गरि प्रदेश स्तरीय कार्यक्रममा पनि थुप्रै पार्टनरहरु रहेका थिए । यो राष्ट्रिय स्तरको कार्यक्रमले नेपालभरिको आइटी क्षेत्रमा ठूलो प्रभाव परेको र थुप्रै विद्यार्थीहरुको लागि प्याटफर्म बनाएको दावी आयोजक टिमले गरेका छन् ।

निरन्तर यस्ता कार्यक्रमहरु गर्दै जाने टेक्नोलोजीको प्रयोग गरि सकरात्मक परिवर्तनको लागि सधैं कोड फर चेन्ज प्रतिबद्ध रहेको कुरा प्रोजेक्ट लिड कृष्ण प्रसाद पोख्रेलले बताए ।