कीवर्डहरू -

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच प्रिमियम भुक्तानी सम्झौता

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच प्रिमियम भुक्तानी सम्झौता

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका थिए । सम्झौतापछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाइलमा रहेको खल्ती एपमार्फत सिधै बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

सो सम्झौतापश्चात ग्राहकले नेपालभर कुनै पनि ठाउँबाट खल्तीमार्फत बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत सहजै बुझाउन सक्नेछन् ।

उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, “हामी प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब प्रिमियर इन्स्योरेन्सका ग्राहकहरुले आफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स अफिस वा बैंक धाइराख्नु पर्दैन । उहाँहरुले आफ्नो मोबाइलमा खल्ती एप इन्स्टल गरी सजिलै बिमा शुल्क भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिपसँगै हामीलाई खल्ती नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडि सारेका छौँ जस्तो लागेको छ ।”

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्थापना सन् १२ मे १९९४ मा भएको हो । कम्पनीको चुक्ता पुँजी ५८ करोड ४० लाख रहेको छ । साथै बिमा र पुनर्बिमाको लागि क्तबलमबचम ७ एययच (एस. एन. पि.)  जस्तो प्रतिष्ठित एजेन्सीहरुबाट राम्रो मूल्याङ्कन पाएको विश्वकै ठूला र प्रतिष्ठित बीमा कम्पनीहरुसँग साझेदारी गरेको छ । सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ ।