कीवर्डहरू -

न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै

न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै

ईकमस साथी प्रालिको आयोजनामा न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुने भएको छ । पत्रकार, विद्यार्थी, डेभलपर, न्युज पोर्टल बनाउन ईच्छुक तथा एक्स्ट्रा ईनकम गर्न चाहनेहरुका लागि तालिमको आयोजना गर्न लागिएको ईकमर्स साथीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजय कुमालले जानकारी दिए ।

तालिम आउँदो सातादेखि हरेक दिन राति ९ बजेदेखि १० बजेसम्म अनलाईनमार्फत संचालन हुनेछ । तालिममा सहभागीहरुले १५ दिनमा नेपालका चर्चित न्यूजपोर्टलहरुजस्तै, कस्टम वेबसाईटहरु डिजाईन तथा डेभलवमेन्ट गर्न र त्यसलाई संचालन गर्न सक्षम हुने सिईओ  कुमालले बताए ।

तालिममा सहभागीहरुले वेब होस्टिङ, डोमेनका बारेमा जानकारी पाउनुका साथै वर्डप्रेस वेबसाईट डेभलवमेन्ट गर्न, डेभलवमेन्ट भइसकेका वेबसाईटलाई म्यानेज गर्न, विज्ञापन डिजाईन कस्टमाईज गर्न तथा कस्टम पेज बनाउन सिक्नेछन् । त्यस्तै सहभागीहरुलाई सर्च ईन्जीन अप्टीमाईजेसन र वेबसाईट सेक्युरिटीका विषयहरुमा समेत  तालीममा सिकाइने छ।

तालिम थप प्रभावकारी बनाउनका लागि यसपटक २० जनाको सिट सिमित गरिएको छ । तालिमका लागि प्रिबुकिङ गर्ने पहिलो १० जना सहभागीहरुलाई फेसबुक मार्केटिङ सम्बन्धी कोर्स निःशुल्क उपलब्ध गराईनेछ । तालिमको शुल्क ६ हजार ५ सय रुपैयाँ तोकिएको भएता पनि प्रिबुकिङ गर्ने पहिलो १० जनालाई १० प्रतिशत छुटको पनि व्यवस्था भएको सिईओ कुमालले जानकारी दिएका छन् ।

विगत लामो समयदेखि वेबसाईट डिजाईन/ डेभलवमेन्ट  सम्बन्धी तालिम दिँदै आएको ईकमर्स साथीबाट न्युज पोर्टल डिजाईनिङ/ डेभलवमेन्ट सम्बन्धी तालिम लिएकाहरुले अहिले सक्रिय  रुपमा वेबसाईट डिजाईनमा लागेर लाभ पनि उठाईरहेका छन् । तालिममा सहभागी हुन इच्छुकले यहाँ क्लिक गरेर दर्ता गर्न सक्नेछन् ।