इन्फिनिक्स मोबाइलले ग्राहकलाई उत्तम गुणस्तरको विश्वास दिलाउने नयाँ योजना ल्याएको छ। यस योजना अनुसार ग्राहकहरूले इन्फिनिक्सको स्मार्टफोनहरूमा १५ महिनाको लामो वारेन्टी पाउने छन् ।
अप्रिल १ देखि लागू भएको यो नयाँ वारेन्टी योजनाले उत्पादनलाई राम्रोपन र विश्वासिलोपन देखाउने कम्पनीको भनाइ छ । इन्फिनिक्स मोबाइलले बिक्रीमा मात्र केन्द्रित नभएर फोनहरूको गुणस्तरमा पनि ध्यान दिँदै आएको कम्पनीको दाबी छ ।
१५ महिनाको वारेन्टी सुविधा स्मार्ट ८ सिरिज, नोट ३०, जिरो ३० लगायत नयाँ सार्वजनिक हुने सबै फोनमा लागु हुने कम्पनीले जनाएको छ ।
इन्फिनिक्स मोबाइलले युवाहरूलाई उत्कृष्ट प्रविधि र अन्य थप सुविधाहरूसहितको शानदार स्मार्टफोन उपलब्ध गराउँदै आएको र युवाहरूको जीवनलाई सजिलो र सुन्दर बनाउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।