कीवर्डहरू -

दराज माेबाइल विक सुरू, माेबाइल खरिदमा ५४ प्रतिशतसम्म छुटसहित अन्य आकर्षक योजना

दराज माेबाइल विक सुरू, माेबाइल खरिदमा ५४ प्रतिशतसम्म छुटसहित अन्य आकर्षक योजना

अनलाइन सपिङ साइट दराज डटकमले आजदेखि माेबाइल विक नामकाे इलोक्ट्रोनिक्स अभियान शुरु गरेकाे छ ।

असार १५ गतेसम्स चल्ने याे अभियानमा उपभोक्ताहरुले नयाँ फोनहरुको लन्चदेखि भौचर,फ्ल्याश सेल्स, र अन्य डिस्काउन्टकाे सुविधा पाएका छन् ।

माेबाइल विकमा माेबाइल खरिदमा ५४ प्रतिशत र एक्सेसरिजमा ७३ प्रतिशतसम्म छुट दिइएकाे छ ।

मोबाईल विकमा सपिङ गरे बापत आइ फोन एक्सआर जित्ने मौका पाउने छन्। शेक गेम तथा क्रेजी, मेगा र कलेक्टिबल भाैचर्स प्रयोग गरी धेरै बचत गर्ने सुविधा पाउने दराजले जानकारी गराएको छ।

दराज मोबाइल विक दराजको लागि मोबाइलहरु सबै भन्दा राम्रो मूल्यमा लिएर आउने मौका भएको दराजका प्रबन्ध निर्देशक जय कवीले जानकारी दिए।

यो अभियानमा सामसङ एम४० मोबाइल ३६,१९० रुपैयाँमा पाइने छ। त्यस्तै रियलमी सि२ १४ ,२९०, हुवावे नोभा४ ४९ हजार ९००, नोभा३ ४४ हजार ९९०, पानासोनिक पी९९ ८हजार९००, रियलमी३ २३ हजार , लेनोभो के६ १२ हजार ९९९,रेडमी नोट७ २० हजार ९९९ रुपैयाँमा पाइने दाराजले जानकारी दिएको छ।