कतिपयलाई कार विलासीताको साधन हुन सक्छ तर त्यही कार कसैका लागि अवश्यकता । सन् १८८० को दशकबाट सुरु भएको कारको सुरुवाति इतिहास अहिले स्वःचालित कारको रुपसम्म आइसकेको छ । केही थरी आविष्कारकहरु हावाईमार्गमा उड्न सक्ने कारको विकासमा समेत लागिपरेका छन् । जुन गतिमा प्रविधिको क्षेत्रले छालाङ मारिरहेको छ यही अनुपातमा भविष्यमा यसको सम्भावना र प्रयोगलाई नकार्न पनि सकिन्न । यहाँ हामीले विषेशतः हाल विश्वस्तरमा विकास भएका कार प्रविधिहरु बारे छोटो चर्चा गर्ने छौँ ।
मुख्यतयाः विश्वमा अहिले पेट्रोलियम पदार्थबाट चल्ने सावरी साधन, विद्युतीय सवारी साधन, पेट्रोलियम पदार्थ र विद्युत् दुबैबाट चल्ने हाइब्रिड सवारी साधनन प्रचलनमा रहेका छन्् । तर पेट्रोलियम पदार्थ निकट भविष्यमा रित्तिने हुनाले कतिपय देश तथा सवारी साधन उत्पादक कम्पनीहरुले वैकल्पिक उर्जामा चल्ने सवारी साधनको विकासमा लागि परेका छन् । यस अन्तरगर्त हाइब्रिड कारबाहेक, हाइड्रोजन कार तथा बायो फ्युल, फ्युल सेल, होमोजिनियस चार्ज कम्प्रेसन इग्निशन (HCCI), लगायतका अन्य वैकल्पिक उर्जाहरुबाट चल्ने कारहरुको विकासका लागि अनुसन्धान भइरहेको छ ।
हालै मात्र नर्वेले सन् २०२५ बाट पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनलाई पूर्णरुपमा प्रतिवन्ध लगाउने घोषणा गरिसकको छ । नर्वेको यस कदमलाई समर्थन जानउँदै जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, स्विटजल्र्याण्ड, नेदरल्याण्डलगागयतका युरोपेली देशले निकट भविष्यमा पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनलाई पूर्णरुपमा विस्थापन गर्ने योजना लागि परेका छन् । यसैगरी, जापानले पनि यस्तो कदम चालिरहेको भने अमेरीकामा पनि बहस चल्न थालेको छ ।
कार प्रविधिको भविष्य
स्वःचालित कार
सन् २००४ देखि २०१३ सम्म स्वःचालित प्रविधिको विकासका लागि अमेरिकी रक्षा विभागको रिसर्च आर्म डर्पा
Defense Advanced Research Projects Agency
/
DARPA
) को महत्वपूर्ण भूमिका रहेको छ । यसका लागि डर्पाले विभिन्न चुनैतिहरुको प्रायोजन गरेको छ । सन् २००४ मा डर्पाले मरभूमिको एक सय ५० माइल बाटो सवारी साधन आफैले पैलाउनु पर्ने प्रतिस्पर्धा गरायो । तर, कुनै पनि कारले चुनौति पूरा गर्न सकेका थिएनन् । तर सन् २००७ मा ६० माइलसम्मको ग्रामिण भेगमा गराइएको यस प्रकारको प्रतिस्पर्धामा भने ४ वटा कारले तोकिएको ६ घण्टामा प्रतिस्पर्धा पूरा गरेका थिए ।
यसैगरी, अमेरिकाको युनिभर्सिटी अफ मिचिगन विश्वविद्यालयले स्वःचालित सवारी साधन टेक्नोलोजीका लागि विश्वस्तरिय टेस्ट सुविधा उपलब्ध गराउने उद्देश्यले सन् २०१५ मा मोबिलिटी ट्रान्सफर सेन्टर (Mcity) उपलब्ध गरायो । यस टेस्ट सेन्टरमा स्वःचालित कार टेस्ट गर्ने पहिलो कम्पनी बन्दै फोर्डले सफल परिक्षण गरेको थियो ।
अहिले उदाउँदो प्रविधिको रुपमा स्वःचालित कार (ड्राइभरलेस कार) र ओपन सोर्स कार रहेका छन् । सन् २०२० सम्म स्वःचालित कारलाई बजारमा ल्याउन फोर्ड, गुगल, टेस्ला, बाइदु, मर्सेडेस, भोग्सवागेनजस्ता प्रविधि तथा अटोमोबाइल्सको क्षेत्रमा कहलिका कम्पनीहरु लागि परेका छन् । धेरैले अहिले प्रोटोटाइप अर्थात् नमुनाको रुपमा विकास गरेका छन् ।
फोर्डले सन् २०२५ बाट चालकरहित कारको विक्री सुरु गर्ने बताएको छ । के आंलल गर्न सकिन्छ भने सन् २०२० बाट भने चालकरहित कारहरुबीच कडा प्रतिस्पर्धा प्रतिस्पर्धा हुने देखिन्छ । यसअघि नै गत वर्ष सिंगापुरमा न्युटोनोमी नाम स्टार्टअप कम्पनीले स्वःचालित ट्याक्सी सेवा सुचारु गरेको छ । यसैगरी टेक जाइन्ट कम्पनी गुगलले पनि स्वःचालित कारको सफल परिक्षण गरिसकेको छ । अर्कोतर्फ टेस्लाले अटोपाइलट फिचरसहितको सेमिअटोनोमस कार बनाइसकेको छ । उसका सबै नयाँ मोडेलहरुमा ठूलो
हार्डवेर अप्ग्रेडको घोषणा गरिसकेको छ । यसरी हेर्दा भविष्यमा ड्राइभरको रुपमा मानिसभन्दा एल्गोरिदम्सहरु बढी देखिने आंकलन एक्स्पर्टहरुले गर्न थालेका छन् । टेस्ला कम्पनीका अनुसार पूर्णरुपमा स्वःचालित कार मानिव सवारी चालकभन्दा सुरक्षित हुनेछ । टेस्ला मोटर्सका सस्थापक इलोन मस्कले सन् २०१७ सम्ममा अमेरिकाको लस एन्जलसदेखि न्युयोर्कसम्म पूर्ण स्वःचालित मोडमा कार कुदाउने घोषण गरिसकेका छन् ।
उड्न सक्ने स्वःचालित कार (
Flying Car
)
सडकमा गुड्ने मात्र नभएर आकाशमा पनि उड्न सक्ने कारका कन्जुमर भर्सन सन् २०१७ को अन्त्यसम्म ल्याउने तयारीमा फ्लाइङ कार निर्माता कम्पनी एरोमोबाइल लागि परेको छ । उड्न तथा जनिममा पनि गुड्न सक्ने यस किसिमको कारको प्रोटोटाइप अथात् नमुन कार डिजाइन गरेका स्टेफन क्लेइनले सन् २०१३ सफल उडान गरिसकेका छन् । बेलायतको डेलिमेल पत्रिकाले एरोमोबाइलका सहसंस्थाप तथा सिइओ जुराज क्याकुलिकलाई उद्धृतगरे अनुसार सन् २०१७ सम्ममा उड्ने कारको विक्रीमा हुने कुरा उल्लेख गरिएको छ ।
यस प्रकारको उड्ने कारको नाम पनि एरोमोबाइल नै दिइएको छ । एरोमोबाइल पूरा इन्धन ट्यांङकी भर्दा ४ सय ३० माइलसम्मको उडान भनए सक्ने पनि उत्पादक कम्पनीले जनाएको छ । कार सामान्य पार्किङ स्पेशमै अट्ने कुरा पनि कम्पनीले बताएको छ ।
स्वःचालित कारहरुले अत्यन्तै एड्भान्स्ट कम्प्युटरसाइज्ड सेन्सरहरु तथा नेभिगेसनको प्रयोग गरिएको हुन्छ जसको मद्दतबाट कारले बिना दुर्घटना सवारी साधनलाई गन्तव्यसम्म पुर्याउदछ । यस्ता सेन्सरहरुको मद्दतबाट कारले नजिक आएको सवारी साधन, रोकावट, ठोकिन सक्ने अवरोधहरु लगायत सबैबाट जोगिएर अघि बढ्दछ ।
यस्ता कारमा साधारणतया ८ ओटा क्यामेराहरु जडान गरिएको हुन्छ जस्ले ३६० डिग्रीको भिजिबिलिटी प्रदान गर्दछ । यसैगरी यी क्यामेराहरुबाट कारले २ सय ५० मिटरसम्मको दुरीमा भएका वस्तुहरुलाई देखेर राम्रोसँग ठम्याउन र चिन्न सक्दछ । एकपटक कुन ठाउँमा जानेबारे गन्तव्य सेट गरेर कारमा रहेको पुश बटन थिचेपछि कारले आफै सम्बन्धित गन्तव्यमा पुर्याउदछ । आफूले कार कुदाउनु नपरेपछि निधक्क भएर अन्य अफिसल काम गर्न, पुस्तक तथा पत्रिका पढ्न, तथा आरामसमेत गर्न सकिनेछ ।
हरेक वर्ष अमेरिकाको लस भेगासमा हुन विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स मेलाहरु (ऋभ्क्) मा पनि मर्सेडेस, गुगल तथा फोर्डले आफ्ना सेल्फ ड्राइभिङ कारको नमुनाको प्रदर्शनी गरिसकेका छन् ।
आधुनिक कार प्रविधि
दश वर्षअगाडि कारमा बिल्ट–इन ब्लुटुथ, नेभिगेशन तथा पार्किङ सेन्स सबैभन्दा लक्जरियस कारहरुमा पाइने आधुनिक टेक्नोलोजीहरुमा पर्दथे तर अहिले सामान्य कारहरुमा पनि यस्तो विशेषताहरु उपलब्ध भइसकेका छन् । हालका आधुनिक कारमा आउने एड्भान्स्ट टेक्नोलोजीहरुमा रियर–माउन्टेड राडर, पैदलयात्रीलाई ठम्याउनसक्ने नाइट भिजन, अटोम्याटिक हाइ–बिन कन्ट्रोल, पेरेन्टल कन्ट्रोल, जिपिएस भेइकल ट्राकिङ, एड्भान्स्ट क्यामेरा, ड्राइभर केपेबिलिटी, इन–कार इन्टरनेटलगायत रहेका छन् ।
कारको स्टान्डर्डलाई हेर्दा विश्वमा युरो ६ स्ट्यान्डर्डका कारहरु प्रयोगमा आउन थालिसकेका छन् । यस लेटेस्ट स्ट्यान्डर्डभित्र रहेर विभिन्न कार निर्माता कम्पनीहरु दिनहूँ नयाँ कार प्रविधिहरुको विकासमा लागि परेका छन् । निकट भविष्यमा स्वःचालित कार विश्व बजारमा ल्याउन धेरै कम्पनीहरु लागि परेका छन् । सावरी र यातायातको क्षेमा यस्ता प्रविधिले कस्तो चुनौति र सहजता ल्याउने हुन् त्यो त भविष्यले नै बताउने छ तर के चाहिँ निश्चित छ भने सवारी साधनको क्षेत्रमा अब विश्व एक कदम माथि उक्लने अन्तिम चरणमा पुगिसकेको छ ।