काठमाडौं। एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठक बसी नतिजा सार्वजनिक गरेको हो। बुधबार नै नतिजा सार्वजनिक गर्ने भनिए पनि प्राविधिक समस्याका कारण नतिजा आउन ढिला भएको हो।
२०७५ सालको एसईई गत चैत १० गते बाट सुरु भएको थियो। संघिय संरचना अनुसार पहिलो पटक भएको परीक्षामा देशभर बाट ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सहभागी भएका थिए।
प्रदेश १ बाट ८३ हजार ६ सय १८, प्रदेश २ बाट ७० हजार ५ सय १८, प्रदेश ३ बाट १ लाख हजार २, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश ५ बाट ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट ३५ हजार ६ सय ३४ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ विद्यार्थी सामेल थिए।
नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट see.gov.np बाट हेर्न सकिनेछ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट neb.gov.np/results र results.ekantipur.com बाट पनि नतिजा हेर्न सकिनेछ। साथै see.ntc.net.np बाट मार्कसिट सहित नतिजा हेर्न सकिन्छ।