कीवर्डहरू -

सीईएस (कन्ज्युमर इलेक्ट्रोनिक्स शो) २०१८ का आकर्षणहरु

सीईएस (कन्ज्युमर इलेक्ट्रोनिक्स शो) २०१८ का आकर्षणहरु

हरेक बर्षको जनवरीमा अमेरिकाको लास भेगासमा आयोजना हुने कन्ज्युमर इलेक्ट्रोनिक्स (सीईएस) प्रदर्शनी यो वर्ष पनि जनवरीको ७  देखि १२ सम्म चलेको थियो । यस प्रदर्शनीमा विश्वभरका विभिन्न प्रविधि कम्पनीहरूले आ-आफ्ना उत्पादन प्रदर्शन गरेका थिए । विश्वकै ठुलो टेलीभिजन,क्वान्टम कम्प्युटर,अटोनोमस कार तथा अटोनोमस ट्याक्सी लगायत अन्य थुप्रै टेक प्रडक्टहरु उक्त मेलामा मुख्य आकर्षण रहेका थिए ।

एलजीको पट्याउन मिल्ने टिभी : \"\"

यसै  क्रममा शोको पहिलो दिन सोमबार दक्षिनण कोरियालि कम्पनि एलजी ले घुमाउरो टिभी सार्बजनिक गरेको थियो । ओएलईडी डिस्प्लेयुक्त यो टिभीले फोरके रिजोलुशन पनि सपोर्ट गर्छ ।

ओएलईडी डिस्प्लेको प्रदर्शन १ वर्षअघि नै एलजीले गरिसकेको थियो । यसपटक भने ६५ इञ्चको डिस्प्ले भएको टिभी प्रदर्शन गरिएको हो । यो टिभीलाई सिलिण्डर आकारमा दोबारेर एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ ।

टिभीको ओएलईडी डिस्प्ले सिलिण्डर आकारको बक्समा रहेको छ । डिस्प्लेलाई माथितिर सारेर टिभी हेर्न सकिन्छ । प्रयोग नहुँदा टिभीलाई दोबारेर त्यही बक्समा राख्न सकिन्छ । टिभीको मूल्यबारे भने केही पनि बताइएको छैन ।

स्मार्ट कार :

\"\"

चिनियाँ कम्पनी बायटनले सीईएस २०१८ मा स्मार्ट कार सार्वजनिक गरेको छ । कारमा अनुहार चिनेर ढोका खुल्ने प्रबिधि छ । यसमा चालक यात्रुको   सिट   अगाडी ठुला स्क्रिन राखिएको छ ।यसलाई चालकले टचस्क्रिनको   भरमा   नियन्त्रण गर्न सक्नेछन् । भने यो कारको मूल्य ४५ हजार डलर   रहेको छ ।

कारले करीब पाँच सेकेण्डमा ६० माइल प्रतिघण्टाको गति लिन सक्ने बताइएको छ । बायटन जर्मन लक्जरी अटो निर्माता कम्पनी बीएमडब्ल्यूका पूर्व कार्यकारीहरूले स्थापना गरेका हुन् ।

सामसुङको वाल टिभी : \"\"

सीईएस २०१८ मा कोरियन कम्पनिले सार्बजनिक गरेको १४६ इन्च डिस्प्ले भएको टेलिभिजन हाल सम्मको सबै भन्दा ठुलो स्क्रिन भएको टेलीभिजन हो ।

पहिलो मोडुलर माइक्रो एलईडी प्रबिधिमा आधारित यो टिभीलाइ सामसुङले वाल टिभीको नाम दिएको छ ।

यो टिभीको सबै भन्दा ठुलो विशेषता भनेको यसलाई आफुले चाहेको अनुसारको साइजमा तयार पार्न सकिन्छ । कम्पनिले २०१८ मा उपलब्ध हुने बताएको यो टिभीको मूल्य भने सार्बजनिक गरिएको छैन् ।

अटोनोमस एयर ट्याक्सी:

\"\"

सीईएस २०१८ मा बेल हेलीकप्टर कम्पनिले अटोनोमस हेलीकप्टर प्रदर्शन गरेको छ । उक्त कम्पनि हेलिकप्टर प्रदर्शन गर्ने पहिलो कम्पनि हो ।

सन् २०२० सम्ममा तयार गरिसकिने भनिएको उक्त हेलिकप्टर पनि अटोनोमस कारहरु   झैँ चालक बिहिन रहने छ ।

चार जना मानिस अटाएर उड्न सक्ने क्षमता रहने उक्त एयर ट्याक्सीको निर्माणका लागि उबर कम्पनिले बेल कम्पनि सँग साझेदारी गर्ने बताईएको छ ।