कीवर्डहरू -

इन्ट्रान्स एक्जामको तयारी गर्न सघाउने एप ʻअभ्यासʼ सार्वजनिक

इन्ट्रान्स एक्जामको तयारी गर्न सघाउने एप ʻअभ्यासʼ सार्वजनिक

आविष्कार इन्टरप्राइज प्रालि नामको स्टार्टअपले अभ्यास (avyaas ) नामको इन्ट्रान्स एक्जामको तयारी गर्न सहयोग गर्ने एप ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्ड, डक्टर अफ मेडिसिन (एमडी) र मास्टर अफ साइन्सका विषयका विद्यार्थीलाई लक्षित गरी यो एप ल्याइएको हो ।

यो अनलाइन लर्निङ प्लाटफर्ममा विद्यार्थीका लागि विभिन्न प्रश्न र त्यसको उत्तरसहित विस्तृत व्याख्या गरिएको छ । यो एपको उद्धेश्य भनेको विद्यार्थीले राम्रोसँग इन्ट्रान्स एक्जामको तयारी गर्ने र उत्कृष्ट कलेजमा नाम निकाल्न सहयोग गर्नु रहेको छ ।

यो एप निःशुल्क प्रयोग गर्न सकिन्छ भने समयको पनि बचत गराउँछ । विद्यार्थीले जुनसुकै बेला जहाँबाट पनि मोबाइल डिभाइस वा डेस्कटपमा यो एपमार्फत अभ्यास गर्न सक्छन् ।

एपले हरेक हप्ता अनलाइन मक टेस्ट पनि लिने गर्छ ।

कम्पनीका अनुसार अहिले सबै सेवा निःशुल्क रहेको छ भने भविष्यमा हरेक हप्ता लिने एक्जामको लागि थोरै शुल्क लिने योजना छ ।

साथै निकट भविष्यमा ब्याचलर अफ मेडिसिन, ब्याचलर अफ सर्जरी र इन्जिनियरिङका कोर्श पनि थप्ने योजना रहेको छ । साथै ब्याचलर अफ एग्रिकल्चर र लोक सेवा आयोगको परीक्षाको कोर्श पनि थप्ने योजना कम्पनीको छ ।

ʻअभ्यास एपले विद्यार्थीलाई अनलाइन कोचको रुपमा गाइड गर्दछ । एप प्रयोगकर्तालाई परीक्षाको तयारीबारे पर्याप्त अभ्यास गराउने गर्दछ,ʼ आविष्कार एन्टका सिइओ रोनेश श्रेष्ठले भने, ʻहामीलाई विश्वास छ कि यो एपले विभिन्न कारणले कोचिङ क्लास लिन नसकेका विद्यार्थीलाई उत्तिकै लाभ पुर्याउने छ ।ʼ

विद्यार्थीले अभ्यास डट कम ( avyaas.com )का साथमा एप स्टोर प्ले स्टोर बाट एप डाउनलनोड गरी प्रयोग गर्न सक्छन् ।