काठमाडाैं । चौधरी ग्रुप (सीजी) र हुवावेबीच नेपालमा फोरजी फोन सेवा विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ ।
१० करोड अमेरिकी डलरको सम्झौता भएकाे जानकारी दिदै सीजीका प्रवक्ता मधुसूदन पौडेलले उक्त रकम बराबरको समान ल्याई नेपालमा सीजीको सेवा सञ्चालन हुने उनले बताए ।
चाैधरी ग्रुपले यसअघि टर्कीकाे लाइफसेलसँग टेक्निकल र डिजाइन सर्भिसका लागि सम्झाैता गरेकाे थियाे । यसका लागि चाहिने पूर्वाधार हुवावेले उपलब्ध गराउने छ ।