कीवर्डहरू -

नेपाली युवाले विकास गरेको डिजिटल प्लाटफर्म ʻफिल्ड साइटʼ लाई एक लाख डलर बराबरको पुरस्कार

नेपाली युवाले विकास गरेको डिजिटल प्लाटफर्म ʻफिल्ड साइटʼ लाई एक लाख डलर बराबरको पुरस्कार

काठमाडौं । सिंगापुरमा गत जुलाई २७ मा भएको डिजास्टर टेक इन्नोभेसन कम्पिटिशनमा फिल्डसाइट नामक ह्युमेनिटेरियन डिजिटल प्लाटफर्मले पहिलो स्थान हासिल गरेको छ । 

प्रुडेन्स फाउन्डेशनको आयोजनामा भएको सो कम्पिटिशनमा ʻफिल्ड साइटʼले एक लाख डलर (करिब एक करोड २ लाख रुपियाँ) धन राशीकाे पुरस्कार जितेकाे हाे । 

युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सपोर्ट (UNOPS) अन्तर्गत नेपाली युवाले विकास गरेको फिल्डसाइटले विश्वभरबाट छानिएका ६० प्रतिष्पर्धीलाई उछिनेको हो । 

नेपालमा डेभलप र पाइलटिङ गरेको यो प्लाटफर्म भएको छ । नेपालमा ग्रामीण परियोजना पर्यवेक्षण र निगरानीका लागि विकास गरिएको फिल्डसाइटमा स्थानीय वेब डेभलपमेन्ट कम्पनी Naxa को प्राविधिक सहयोगमा रहेको छ भने यो १५ देशका ६० हजार घर, वास साइट, स्कुल, पुलिस स्टेशन र अरु पूर्वाधारमा प्रयोग भइरहेको छ ।

२०७२ सालको भूकम्पको समयमा मानवीय सहायता गर्ने उद्धेश्यले यो डिजिटल प्लाटफर्म तयार पारिएको थियो । यो मोबाइल डिभाइसमा प्रयोग हुन्छ र ग्रामीण क्षेत्रका डाटा प्रस्तुत गरी सो अनूरुप कार्यक्रम तय गर्न सघाउ पुर्याउँछ ।