कीवर्डहरू -

मोबाइलको अवैध आयातलाई नियन्त्रण गर्न ६ महिनाभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

मोबाइलको अवैध आयातलाई नियन्त्रण गर्न ६ महिनाभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले करिब ७७ करोड ३९ लाख रुपैयाँमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) का लागि मलेसियन कम्पनी एम/एस निउमेरा कन्पनी सँग सम्झौता गरेको छ।

यसमा भारतीय कम्पनी ओएसआई कन्सल्टिङ प्रालि र सिंगापुरको नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि पनि ज्वाइन्ट भेन्चरका रुपमा रहेका छन।

मोबाइल फोन अवैध आयात नियन्त्रण गर्ने प्रणाली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान र सञ्चालन गर्न कम्पनी छनोट गरेको हो।

६ महिनाभित्र कम्पनीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम जडान गरेर सञ्चालनमा ल्याईसक्ने र सो कम्पनीले ५ वर्षसम्म यो सिस्टम सञ्चालन तथा व्यवस्थापन गर्ने  नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद आर्यालले  बताए ।

यो प्रणालीबाट हराएका मोबाइल सेटहरु खोज्न पनि सहज हुनेछ। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा मोबाइललाई सेतो,खैरो र कालो सूची मा राखिनेछ। यो सिस्टम मोबाइल सेवा प्रदायकको नेटर्कसँग जोडिनेछ।