कीवर्डहरू -

राजधानीमा मेशिन लर्निङ र डाटा साइन्स विषयमा वर्कसप सुरु

राजधानीमा मेशिन लर्निङ र डाटा साइन्स विषयमा वर्कसप सुरु

मेशिन लर्निङ एन्ड डाटा साइन्स कम्युनिटी नेपाल र किस्ट कलेजको संयुक्त आयोजनामा बुधबारदेखि दोस्रो संस्करणको ‘नेसनल वर्कसप अन मेशिन लर्निङ एण्ड डाटा साइन्स २०१९’ सुरु भएको छ ।

यो वर्कसप पाँच दिनसम्म चल्ने छ । वर्कशपको उद्घाटन शत्रको प्रमुख अतिथिको रुपमा डा. महावीर पुनले सहभागीहरुलाई कसरी रचनात्मक कार्य गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने भन्ने विषयमा आफ्नो मन्तव्य दिएका थिए ।

\"Image

कार्यक्रमका सहभागीलाई किस्ट कलेजका डाइरेक्टर इन्द्र सुवेदीले किस्ट स्वागत गरे । मेशिन लर्निङ एन्ड डाटा साइन्स कम्युनिटी नेपालको तर्फबाट स्वागत मन्तव्य सुर्य वस्नेतले दिएका थिए भने कार्यक्रमको उद्धेश्यबारे डाटा साइन्टिस्ट डा. झनक पराजुलीले विस्तृत रुपमा प्रकाश पारेका थिए ।

त्रिविका उपप्राध्यापक श्री तेजबहादुर शाहीले सहभागीहरुलाई स्वागत गर्दै आजको युगमा आर्टिफिसियल इन्टेलिजेन्सको महत्व सबै क्षेत्रमा रहेको र यसको बारेमा सबैले बुझ्न जरुरी रहेको भन्दै अबको केही वर्षमा यस क्षेत्रमा लाखौंको रोजगारीको सम्भावना रहेको हुँदा आफ्नो दक्षता बढाउन सहभागीलाई आग्रह गर्दै कार्यक्रमको उद्घाटन शत्रको समापन गरे ।

\"Image

कार्यक्रमको मुख्य वक्ताका रुपमा आएका प्रा.डा. शशीधरराम जोशीले मेशिन लर्निङ के हो, यसको उपयोगिता के छ, यो कहाँ कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए ।

अर्का वक्ता डा. झनक पराजुलीले डाटा साइन्समा प्रयोग हुने भिन्न टूल तथा टेकनिकहरुको बारेमा सहभागीलाई जानकारी गराए । वर्कसपमा देशका विभिन्न भागबाट आएका ५६ जना विभिन्न पेशा क्षेत्रमा कार्यरत सहभागी छनौट गर्न आयोजकलाई निकै गार्हो परेको कार्यक्रम संयोजक सुर्य बस्नेतले बताए ।

‘हामीले अनलाइनबाट निश्चित समय राखी माग आवेदन गरेका थियौं । लगभग ३ सयको हाराहारीमा आवेदनहरु परेको थियो । सबै जना उतिकै योग्य हुनुहुन्थ्यो तर, हामीसँग सिमित सिटको मात्र क्षमता भएका कारण जम्मा ५६ जनालाई सहभागी गराउन सकियो,’ बस्नेतले भने ।

नेसनल वर्कसपको प्रायोजकको रुपमा फयुज मसिन नेपाल रहेको छ ।

\"No

याे पनि पढ्नुहाेस् ः
आजदेखि काठमाडौंमा मेसिन लर्निङ र डाटा साइन्समा राष्ट्रियस्तरको वकर्सप सञ्चालन हुँदै