कीवर्डहरू -

प्रभु टिभीबाट मोबाइलमै टेलिभीजन हेर्न सकिने

प्रभु टिभीबाट मोबाइलमै टेलिभीजन हेर्न सकिने

काठमाडौं। प्रभु ग्रुपले  मोबाइलमै टेलिभिजन हेर्न सकिने गरी (ओटीटी) सेवा सुरु गरेको छ। यसको लागी प्रभु ग्रुपले मोबाइल मार्फत टेलिभिजन सेवा प्रदान गरिरहेको नेट टिभीको ओटीटी प्लेटर्फम किनेको हो।

पाँच लाख भन्दा बढिले डाउनलोड गरेको नेट टिभीको एप प्रभु टीभी का रूपमा रिब्रान्डिङ भएको हो। टेलिभिजन हेर्नको लागी प्रभु टीभीको मोबाइल एप डाउनलोड गर्नु पर्ने हुन्छ।

एप डाउनलोड गरेपछि मोबाइल, ट्याबलेट तथा ल्यापटप मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय टेलिभिजनहरु हेर्न सकिने छ। नेट टीभीका ग्राहकहरुले प्रभु टीभीको मोबाइल एप डाउनलोड गरी पहिलेको सेवा प्रयोग गर्न पाउनेछन।

प्रभु टीभीको ग्राहक बन्न प्रभु पे बाट भुक्तानी गर्न सकिने छ। प्रभु टीभीको ग्राहक बन्न निकट भविष्यमा एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमको मोबाइल सेवा बाट रकम भुक्तानी गर्न सकिनेछ।