कीवर्डहरू -

मेशिन लर्निङ र डाटा साइन्स सम्बन्धी ५ दिने वर्कसप सम्पन्न

मेशिन लर्निङ र डाटा साइन्स सम्बन्धी ५ दिने वर्कसप सम्पन्न

मेशिन लर्निङ एन्ड डाटा साइन्स कम्युनिटी, नेपाल माउन टेक सोलुसन्स र किस्ट कलेजको संयुक्त आयोजनामा असार २५ देखि सुरु भएको दोस्रो ʻनेसनल वर्कसप अन मेशिन लर्निङ एन्ड डाटा साइन्सʼ सम्पन्न भएको छ ।

पाँच दिनसम्म चलेको वर्कशपको पहिलो दिन प्रमुख वक्ताहरु प्रा.डा. शशीधरराम  जोशी र महावीर पुनले सम्बोधन गरेका थिए । प्रा.डा. जोशीले मेशिन लर्निङको आधारभूत विज्ञानका विषयमा सहभागीहरुलाई प्रस्ट पारेका थिए भने डा.महावीर पुनले कसरी देशको आर्थिक विकासका लागि इन्नोभेशन र आविष्कारले सहयोग गर्न सक्छ भन्ने विषयमा आफ्नो भनाइ राखेका थिए । अर्का वक्ता डिएचएल एक्सप्रेस जर्मनीका ग्लोबल प्रोग्राम म्यानेजर तथा डाटा साइन्टिस्ट डा. झनक पराजुलीले समग्र डाटा साइन्सको बारेमा विस्तृत जानकारी गराएका थिए ।

वर्कशपको दोस्रो दिन काठमाडौँ विश्वविधालय, कम्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख सहप्राध्यापक डा. बालकृष्ण बलले Natural Language Processing, problem and solution form Machine Learning Prospective विषयमा सहभागीहरुलाई सम्बोधन गरेका थिए । त्यसैगरी द ओपन युनिभर्सिटी, युकेबाट डा. विकाश ज्ञवालीले Word Embedding for contextual similarity विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । अमेरिकाको University of Southern Mississippi बाट सर्वज्ञरत्न शाक्यले Human Activity Recognition using Wearable  Devices मा अनलाइनबाट कक्षा लिएका थिए ।

वर्कशपको तेस्रो दिन त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तेजबहादुर शाहीले Supervised Machine Learning algorithm का बारेमा विस्तृत रुपमा ब्याख्या गरेका थिए । साथै सहभागीहरुलाई Natural Language Processing with NLTK विषयमा प्राक्टिकल सेसन पनि गराएका थिए । त्यसैगरी अर्का वक्ता डा. झनक पराजुलीले डाटा साइन्समा प्रयोग हुने भिन्न टूल तथा टेकनिक supervised unsupervised machine learning बारेमा  र प्रोजेक्ट प्राक्टिकल गराएका थिए । त्यसैगरी Intel Corporation जर्मनीका System Engineer डा. समिप मल्लले IOT (Internet of Things को बारेमा अनलाइन सेसन लिएका थिए ।

वर्कसपको चौथो दिन Treeleaf.ai का सिनियर मेशिन लर्निङ इन्जिनियर अशोककुमार पन्तले सफ्टवेयर उद्योगमा मेशिन लर्निङको प्रयोगका बारेमा सहभागीहरुलाई जानकारी गराए । साथै Supervised machine learning algorithm का विषयमा प्रयोगात्मक कक्षा हरु पनि संचालन गरेका थिए । त्यसैगरी डा. विनोद भट्टराईले Imperial College London बाट Automatic Photo realistic Face- Synthesis विषयमा अनलाइन सेसन लिएका थिए ।

वर्कसपको अन्तिम दिन नामी रिसर्च सेन्टरबाट डा. विशेष खनालले कम्प्युटर भिजन र डिप लर्निङका बारेमा विस्तृत जानकारी गराएका थिए भने ग्रुप प्रोजेक्ट पनि प्रस्तुत गरिएकाे थियाे । सहभागीहरुलाई १० समूहमा विभाजन गरी एक/एक प्रोजेक्टमा संलग्न गराइएकोमा सहभागीहरुले डिजाइन र इम्प्लिमेन्टेसन गराइ आ-आफ्नो प्रोजेक्ट अन्य सहभागी साथै निर्णायकसामु प्रस्तुत गरेका थिए ।

सो प्रोजेक्ट प्रस्तुतिकरणमा पहिलो, दोस्रो र तेस्रो हुने प्रोजेक्टहरुलाई नगद पुरुस्कारमार्फत सम्मान समेत गरिएको थियो । त्यसैगरी अन्तिम दिनको अन्तिम सेसन डा. रिवाज सापकोटा G +D Mobile Security जर्मनी बाट 5G Network र Telecommunication  devices मा मेशिन लर्निङ र एआई कसरी प्रयोग भएको छ भनेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

वर्कसपको समापन समारोहमा बोल्दै किस्ट कलेजका डाइरेक्टर इन्द्रप्रसाद सुवेदीले सहभागीहरुलाई यो वर्कसपबाट सिकेको कुरालाई निरन्तरता दिदै अझै यो फिल्डमा अगाडि बढ्नुहोस् भनी बधाइ तथा शुभकामना दिए ।

आयोजकका तर्फबाट कार्यक्रम संयोजक सूर्यबहादुर बस्न्यातले वर्कसपलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहभागी,  मुख्य वक्ता तथा अन्य वक्ताहरु, प्रायोजक, पार्टनरहरु, भोलेन्टियरहरु लगायत सम्पूर्णलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे । भविस्यमा अझै यस्ता खालका कार्यक्रमहरु गर्दै लैजाने र समग्र शिक्षा क्षेत्रलाई टेवा पुर्याउँदै शिक्षालाई अनुसन्धानमूलक बनाई देशलाई अगाडि बढाउन काम गर्दै जाने कार्यक्रम संयोजक बस्न्यातले जानकारी दिए ।

कार्यक्रममा देशका सबैजसो विश्वविद्यालय साथै बुटवल, विराटनगर आदि र काठमाडौँ उपत्यकाका प्राय सबै इञ्जिनियरिङ्ग तथा आइटी कलेजका विधार्थीको सहभागिता रहेको थियो  । नेसनल वर्कसपको प्रायोजकको रुपमा फयुज मेशिन नेपाल रहेको थियाे ।