कीवर्डहरू -

विराटनगरमा पहिलो पटक विकिपीडिया शिक्षा कार्यक्रम सम्पन्न

विकिपीडिया एक निशुल्क ज्ञान विश्वकोश हो ।

विराटनगरमा पहिलो पटक विकिपीडिया शिक्षा कार्यक्रम सम्पन्न

विराटनगर। विकिपिडियाका शिक्षा कार्यक्रम विराटनगरमा पहिलो पटक दुई वटा शैक्षिक संस्थानहरूमा सम्पन्न भएको छ । विकिपीडिया एक नि: शुल्क ज्ञान विश्वकोश हो । \"\"

यो विश्वव्यापी वेबमा सबैभन्दा ठूलो र सबैभन्दा लोकप्रिय वेबसाइट हो जसले विशेष रूपमा निःशुल्क सामग्री प्रदान गर्दछ।

विकिपिडिया र यसको अन्य परियोजनाहरूको बारेमा जागरूकता बढाउने, विकिपिडियालाई शिक्षा क्षेत्रमा सामेल गराउन विद्यार्थी तथा शिक्षकहरूलाई प्रोत्साहन गर्ने, नयाँ सम्पादकहरू भर्ना र सामुदायिक सदस्यहरूसँग सञ्जाल बनाउने उद्देश्यले विकिपिडियाका शिक्षा कार्यक्रमको आयोजना भएको हो ।

उक्त कार्यक्रम पहिलो चरण मेरिल्याण्ड कलेजमा ८० जना विद्यार्थी र शिक्षकहरूको सहभागीत थियो भने दोस्रो चरण नेपाल बिज्नेश कलेजमा सम्पन्न भयो जसमा ५५ जनाको सहभागीता थियो ।

शिक्षा कार्यक्रममा सहभागी भएका सम्पुर्ण विद्यार्थी र शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रम संयोजक संदीप राउतले जानकारी दिए ।

विकिपिडिया बारे सोधिएको प्रश्नको सही उत्तर दिएका तीन भाग्यशाली विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा स्रोत व्यक्तिका रुपमा गणेश पौडेल, सृजना तिम्सिना र बिजय चौरसिया थिए । विकिपीडियाले शिक्षा क्षेत्रमा ठुलो योगदान दिदैँ आएको बिज्ञहरु बताउँछन् ।