कीवर्डहरू -

कस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ प्रडक्टहरु

कस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ प्रडक्टहरु

आइसिटी अवार्ड २०१९ काे एक महत्वपूर्ण विधाको रुपमा रहेको प्रडक्ट आइसिटी अवार्ड मा गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक भएका प्रडक्टहरुले सहभागिता जनाएका थिए । यो विधामा पहिलो चरणमा उत्कृष्ट ११ प्रडक्ट छानिएका थिए । उत्कृष्ट ११ मा विधाना, डेल्टा सेल्स एप, डिजिटल एड नेटवर्क प्लाटफर्म, प्रोमिस टु सेक्युर, इन्सपेला, खोज इन्फो, एमबैंक, मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस, स्कुल म्यानेजमेन्ट सिस्टम, श्रीयोग डटकम र सर्भे म्यानेजमेन्ट सिस्टम पर्न सफल भएका थिए । यसबाट उत्कृष्ट ५ मा विधाना, डेल्टा सेल्स एप, इन्सपेला, एमबैंक र मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस पर्न सफल भएका छन् । यसमध्ये उत्कृष्ट एक प्रडक्ट छान्न तपाई पनि आफूलाई मन परेको प्रडक्टलाई एसएमएस र अनलाइन भोटिङ गर्न सक्नुहुन्छ ।

विधाना
२०१९ को जनवरीमा लञ्च भएको विधाना मोबाइल एप्लिकेशन थ्रि मंक्स प्रालिको प्रडक्ट हो । विधाना डिजिटल प्लाटफर्मले औषधी र स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु ग्राहकको दैलोमा पुर्याउँछ । प्रविधिको माध्यमबाट विधानाले मानिसलाई फार्मेसी र क्लिनिकमा नगइकन स्वास्थ्ये सेवा उपलब्ध गराउँछ । विधानाले फार्मासिस्ट/प्याथोलोजी ल्याब र बिरामी (विधानाका प्रयोगकर्ता) बीच डिजिटल प्लाटफर्म सिर्जना गरी औषधी र स्वास्थ्य सम्बन्धी सर्भिस डेलिभर गर्दछ । प्रयोगकर्ताले मोबाइल एप डाउनलोड गरेपछि औषधीको प्रेसक्रिप्सन वा ल्याब टेस्ट प्रेस्किृप्सनको इमेज अपलोड गर्न सदक्छन् जुन फार्मेसी वा प्याथोलोजी ल्याबले रिसिभ गर्दछ र यो अनुसार औषधी र अन्य स्वास्थ्य सेवा घरमै बसेर प्राप्त गर्दछन् ।

\"No

डेल्टा सेल्स एप
२०१८ को अक्टबरमा लञ्च भएको डेल्टा सेल्स एप डेल्टा टेक प्रालिको प्रडक्ट हो । बिटुबी सफ्टवेयर एज अ सर्भिस (SaaS) मा आधारित यो सफ्टवेयरमा अर्डर, पेमेन्ट कलेक्सन, एटेन्डेन्स, खर्च रिपोर्टिङ, एक्टिभिटिज, रिमाइन्डर, बिट रुट प्लानिङ र जिपिएस बेस्ड ट्राकिङ आदि विशेषता रहेका छन् । यसको मुख्य जोड नै सेल्स सर्भिस बिजनेश टेवा पुर्याउनु हो । सेल्समेनले आफ्नो गतिविधि अपडेट गर्न यसको एन्ड्रोइड एप प्रयोग गर्दछन् र म्यानेजरले वेब इन्टरफेस गर्दै सजिलै रिपोर्ट प्राप्त गर्दछन् । यसमा डिस्ट्रिब्युटर, होलसेलर र रिसेलरका लागि सेल्स अर्डर म्यानेजमेन्ट सजिलै गर्न सकिन्छ । अफलाइनमा समेत चलाउन मिल्ने यो एप नेपालका धेरै कन्जुमर भएका केही कम्पनीहरु प्रयोग भइसकेको छ ।

\"No

इन्स्पेला
२०१९ को अप्रिलमा लञ्च भएको इन्स्पेला प्राइम सफ्ट सर्भिसेस प्रालिको प्रडक्ट हो । यो ‘अल इन वान एजुकेशनल डिभाइसʼ हो । यसमा एउटै युनिटभित्र कम्प्युटर, प्रोजेक्टर, स्पिकर, टचबोर्ड देखि आवश्यक सबै डिभाइ एकीकृत गरिन्छ र प्रयोगमा ल्याइन्छ । कलेज, स्कुल जस्ता शैक्षिक संस्थामा निकै उपयोगी मानिएको इन्स्पेला कन्फ्रेन्स हल, मिटिङ रुम, होटेलमा आदिमा पनि प्रयोगगर्न सकिन्छ । प्रडक्ट सुरु गरेको एक वर्षको अवधिमा ४ सयभन्दा बढी क्लास रुममा इन्स्पेला विस्तार भइसकेको छ । यसको प्रयोगमार्फत् शिक्षण र सिकाई पद्धतिमा सहजता आउने छ । क्लासभित्र टेक्नोलोजी भित्र्याउन इन्स्पेलाले हार्डवेयर सँगै सफ्टवेयर ल्याएको छ । समग्रमा क्लासरुमभित्र आधुनिक सूचना प्रविधि प्रयोग गरी स्मार्ट क्लास बनाउन यो प्रडक्ट उपयोगी छ ।

\"No

एमबैंक
२०१९ को मार्चमा लञ्च भएको एमबैंक हाम्रो टेक्नोलोजी प्रालिको उत्पादन हो । एमबैंक क्लाउडमा आधारित मोबाइल बैंकिङ सिस्टम हो जुन बैंक तथा वित्तीय संस्थाका लागि लक्षित छ । एमबैंकबाट एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा अन्य वित्तीय सेवाहरु लिन सकिन्छ । यसबाट ब्यालेन्स इन्क्वायरी, मिनी स्टेटमेन्ट, चेक बुक रिक्वेस्ट, चेक स्टप रिक्वेस्ट, फन्ड ट्रान्स्फर, लोन इन्क्वायरी, विभिन्न्न युटिलिटी र बिल पेमेन्ट आदिको काम सजिलै गर्न सकिन्छ । साथै एमबैंकमा अहिले युनिक फिचरको रुपमा कार्डलेस एटिएम रहेको छ, जसबाट सहकारी संस्था र अन्य वित्तीय संस्था जसको एटिएम छैन उनीहरुले सिभिल बैंकको एटिएममार्फत् कार्डलेस एटिएम सेवा पाउन सक्छन् ।

\"No

मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस
२०१९ को जनवरीमा लञ्च भएको मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस मेडिफ्लो सोलुसन्स प्रालिको प्रडक्ट हो । हस्पिटललाई अटोमेट गर्न ल्याइएको मेडिफ्लोले हस्टिपलको प्रशासनिक व्यवस्थापनलाई डिजिटल बनाउँछ भने विभिन्न मोड्युलहरुलाई एकीकृत गरेर इलेक्ट्रोनिकल मेडिकल रिपोर्ट तयार पार्छ । मेडिफ्लो नेपालमा उपलब्ध सिस्टमध्ये इलेक्ट्रोनिक मेडिकल रिपोर्ट र हस्पिटल म्यानेजमेन्ट सिस्टम दुवै भएको एक मात्र सिस्टम हो । यसले बिरामीको क्लिनिकल डाटालाई इलेक्ट्रोनिक वा क्लाउड सिस्टममा रेकर्ड राख्छ र आवश्यक परेको बेला तुरुन्तै डाटामा पहुँच राख्न सकिन्छ । त्यस्तै बिरामीले मोबाइल एप्लिकेशनबाटै आफूलाई चाहिने जानकारी र अपडेट लिन सक्छन् । रोगी वा बिरामीका लागि मात्रै नभइकन स्वास्थ्य सेवा दिने सबै संस्थाहरु, इन्स्योरेन्स र पेयर ग्रुपहरु, डाक्टर र मेडिकल प्रोफेसनलहरु, रिसर्चर, पोलिसी मेकर र समग्रमा राज्य र देशका लागि नै उपयोगी छ ।

\"No